बुधबार, चैत्र ५, २०८१
गृहपृष्ठअर्थकालोबजारी गर्ने २ पक्राउ

कालोबजारी गर्ने २ पक्राउ


चौतारा, ८ चैत ।
सिन्धुपाल्चोकको चौतारामा पेट्रोलियम पदार्थ कालोबजारी गर्ने २ जना पक्राउ परेका छन् । चौतारा साँगाचोकगढी नगरपालिका–५ मा किराना पसल सञ्चालन गरी बस्ने ज्ञानीमाया दुलाल र मिनि ट्रकका चालक हरिबहादुर श्रेष्ठ पक्राउ परेका हुन् । प्रहरीकाअनुसार उनीहरुलाई मट्टितेल र पेट्रोलको कालो बजारी क्रममा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले र पक्राउ गरेको हो । चौतारा साँगाचोक गढी न.पा. वडा नं. ५ पुरानो बजारबाट बा २ ख ३८०६ नं.को मिनि ट्रक सहित मट्टितेल र पेट्रोल बरामद गरेको हो ।
प्रहरीले मिनि ट्रकमा २ सय ५० लिटर जाने ५ वटा र ५० लिटर जाने प्लाष्टिकको २ वटा ड्रम फेला पारेको थियो ।
प्रहरीले दुलाल र चालक श्रेष्टको साथबाट करुणा आयल स्टोर काभ्रे बनेपाबाट २ सय ४३ लिटर मट्टितेल दि मोर्डन एमनिटी सप्लायर्स बनेपाबाट १ हजार १ सय लिटर पेट्रोल खरिद गरेको साधरण बिल समेत फेला परेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डिएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए ।


क्याटेगोरी : अर्थ
ट्याग : #banner

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!