शनिबार, असोज ६, २०८०
गृहपृष्ठअर्थसिन्धु सोसाईटी अमेरीकाले तीन बालबालिकालाई निःशुल्क अध्यापन गराउने

सिन्धु सोसाईटी अमेरीकाले तीन बालबालिकालाई निःशुल्क अध्यापन गराउने


सिन्धु सोसाईटी अमेरीकाले तीन बालबालिकालाई निःशुल्क अध्यापन गराउने भएको छ ।

सातजना निवेदन परेकााहरु मध्येबाट तीनजनालाई आर्थिक अवस्था, पारिवारिक पृष्ठभूमि,र उनीहरूको उमेरको आधारमा छनोट गरेको हो । संस्थाले निम्न बच्चा हरुलाई स्कूलको मातहतमा ( ब्रोडर्स ) खाने बस्ने लत्ता कपडा सहित १२ कक्षा सम्म पढाई दिने गरी जिम्मा लिने निर्णय गरेको छ ।

भोटेकोशी गाउँपालिका वडा नम्बर ४ का सुजन थामी, भूकम्पपीडित,बाबुको मृत्यु ,परिवारमा छ  जना भाइ बहिनी र आर्थिक अवस्था कमजोर अवस्था छ । त्रिपुरसुन्दरी गाउँपालिका बर्षा अधिकारी बाबुको मृत्यु भएको, आमा दोस्रो विवाह गरी अन्यत्र गएको हाल बाजे र बज्यैले हेरचार गरिरहेको ्आर्थिक अवस्था कमजोर र भोटेकोशी ४ का सागर विश्वकर्मा, आमाको मृत्यु ,आर्थिक अवस्था कमजोर रहेको।

जिल्लामा रहेका अनाथ, असहाय तथा गरिब जेहेन्दार विद्यार्थीलर्ई उच्च शिक्षा दिलाउनका लागि दिपावली साँझ गरिएको थियो । अमेरिकामा रहेको सिन्धु सोसाइटी अमेरिकाले शुभ दिपावली २०१९ को अवसरमा बालबालिका पढाउनका लागि गरेको साँस्कृतिक कार्यक्रमसहितको दिपावली साँझमा करिब नौ लाख रुपैयाँ संकलन हुँदै सम्पन्न भएको हो ।

अक्टोबर २६ मा अमेरिकामा भएको कार्यक्रममा सयूक्त राज्य अमेरिकाका लागि नेपालका प्रतिनिधि महाबाणिज्य दुत पुष्पराज भट्टराई प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा बरिष्ठ लोक गायक मिलन लामा, अभय ढुगेंलले साँस्कृतिक प्रस्तुति दिएका थिए । डिजे सूर्य खड्काको बेजोड प्रस्तुति र नृत्यले कार्यक्रम भव्य बनेको थियो । बसन्त डान्स सेन्टरका विजय नकर्मीले नृत्यको कोरियोग्राफर गरेका थिए । मनोरञ्जनात्मक साँस्कृतिक कार्यक्रममा पाँच सय बढी उपस्थित भएको आयोजक सिन्धु कल्याण समाज अमेरिकाका महासचिव पेमाडेन्डी शेर्पाले जानकारी दिए ।

सो कार्यक्रममा संस्थाप्रति निस्वार्थ भावना सहित इमान्दारी र बफादार भई कार्य सम्पन्न गराउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने ब्यक्तिहरुलाई सम्मान गरिएको थियो । समाजका अनुसार पूर्व सदस्यहरु, कार्यक्रमका प्रायोजक व्यक्ति, संघसंस्था, खेलाडी, बैंक रकम संकलन सहयोगी व्यक्ति, कलेजमा स्नातक अध्ययनरत विद्यार्थी, संस्थाका पूर्णकालीन सदस्यहरुलाई सम्मान गरिएको हो ।

अमेरिकाबाट सूर्य खड्काको सहयोगमा


क्याटेगोरी : अर्थ
ट्याग : #banner

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!