गृहपृष्ठ ∕ अर्थ ∕ उद्योग बाणिज्य महासंघको केन्द्रीय सदस्यमा कमलकुमार श्रेष्ठको उम्मेदवारी उद्योग बाणिज्य महासंघको केन्द्रीय सदस्यमा कमलकुमार श्रेष्ठको उम्मेदवारी सिन्धु खबर चैत्र ६, २०७६ गते १६:२९ मा प्रकाशित काठमाडौं । उद्योग बाणिज्य महासंघको आगामी महाधिवेशनमा खुल्ला केन्द्रीय सदस्यमा कमलकुमार श्रेष्ठको उम्मेदवारी घोषणा भएको छ । सिन्धुपाल्चोक उद्योग बाणिज्य संघको बैठकले श्रेष्ठको उम्मेदवारी घोषणा गरेको हो । सिन्धुपाल्चोक उद्योग बाणिज्य संघका सम्पूर्ण पूर्वअध्यक्षहरु सहभागी भएको बैठकले सर्वसम्मत रुपमा कमलकुमार श्रेष्ठललाई उम्मेदवार बनाउने घोषणा गरिएको जिल्ला महासचिव यादव दाहालले जानकारी दिए । सिन्धुपाल्चोकका निवर्तमान अध्यक्षसमेत रहेका श्रेष्ठ अहिले बागमती प्रदेशको प्रतिनिधित्व गर्दै केन्द्रीय सदस्य छन् । ब्यवसायी माझ लोकप्रिय रहेका श्रेष्ठले ब्यवसायीको हकका लागि सकृय काम गरिरहेका छन् । चीन नेपालबीच हुने ब्यापार ब्यवसायमा संलग्न श्रेष्ठ अन्य उद्योग ब्यवयासमा पनि काम गर्दै आएका छन् । उद्योगी ब्यवसायीको समस्या धेरै रहेको र त्यसको समाधानका लागि आफू लागिरहने श्रेष्ठले बताए । जिल्लाको प्रतिनिधित्व गर्दै उम्मेदवारी दिएका श्रेष्ठलाई बिजयी गराउन आफूहरु सकृय रुपमा लाग्ने सिन्धुपाल्चोक उद्योग बाणिज्य संघका अध्यक्ष बेदबहादुर श्रेष्ठले बताए । क्याटेगोरी : अर्थ, समाचार, समाज तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार साख फर्काउँदै तातोपानी भन्सार, कन्टेनर हुक एण्ड ड्रप मोडलले बढायो… चार हप्तापछि मेलम्ची सुरुङमा पानी हाल्न सकिने चुनाव तयारीमा हाेमियाे निर्वाचन कार्यालय इन्द्रावतीका कार्यालय सहयोगीले गरे आत्महत्या धेरै पढिएका १खुकुरी हान्ने बाह्रबिसेका ४ जना पक्राउ २मोटरसाइकलसहित लिसंखु र तौथलीका दुई चोर पक्राउ ३यो समीकरणले देखाउँछ–सिन्धुपाल्चोकमा नेकपा प्रचण्ड–नेपाल समूह बलियो ४चाेरीका माेटरसाईकल नियन्त्रणमा सिन्धु प्रहरीकाे सक्रियता ५उपप्रधानमन्त्री र खेलकुद मन्त्रीलाई कालाे झण्डा देखाईयाे ६चाइनीज नागरिक कुट्ने बुद्धि पक्राउ ७महिनाकै सर्वोत्कृष्ट प्रदेश प्रहरीमा बाह्रबिसेका इन्स्पेक्टर शाह ८नेकपा फुटको असर सिन्धुका पत्रकारमा पनि, को कता ?