बुधबार, असोज १७, २०८०
गृहपृष्ठअर्थकरौडौं घाटा व्यहोर्दै कफि किसान

करौडौं घाटा व्यहोर्दै कफि किसान


चौतारा, २९ फागुन ।

हेलम्बु गाउ“पालिका वडा ६, इचोक गाउ“का कफि कृषकको रुपमा चिनिएका रोमबहादुर पण्डित एकाएक कफिको बिरुवा मर्न थालेपछि पिरोलिएका छन् । डढुवा र किराले अधिकाशं बिरुवा फलसगै सुकाएर मरेपछि व्यवसायिक कफि उद्यमी पण्डित भावुक देखिए । ‘वार्षिक कफि बेचेर नै ३ लाखभन्दा बढी आम्दानी गर्थे,तर यो वर्षे हिउ“दस“गै प्राय बोट मरेको छ ,फल पनि खेर गएको छ ।’ उनले खेतबारी वरीपरी टोलाउ“दै गुनासो गरे ।
लाखौ लगानी र दिनरातको मेहनतको पसिना एकै झट्का गुम्ने अवस्थामा पुगेपछि अन्योलमा परेको उनले सुनाए । १३ रोपनी आफ्नै जग्गामा व्यवसायिक रुपमा कफिको बोट लगाएका पण्डितले एक हजार ३ सय बोट कफिको बिरुवा लगाएका थिए । ‘हिउ“दसगै बिरुवा डढेका छन्, किरा लागेर झरिरहेका छन् , सबैलाई गुहारेका छौ,’उनले भने । ३ वर्षको मेहनत हिउ“दसगै फल टिप्ने बेलामा बोटै मर्न थालेपछि चौतारा सा“गाचोकगढी नगरपालिका वडा १० का यमबहादुर महत भक्कानिए । ८ रोपनीमा खेतबारीमा उनले ७ सय बिरुवा लगाएर कफि खेतीलाई जमाउ“दै आएका थिए । ‘आम्दानी हुने बेला दशा लाग्यो,सबै बोट मरेको देखेर रुन मन लागेको छ हजुर ,’उनले भने । तीन वर्षबाट लगातार कफि खेतीमा जमिरहेका उनले डेढ लाख बराबरको कफि बिक्री गर्दैआएका छन् ।
कफि खेतीले हराभरा देखिने जमिनमा लाख पैशा र लगानीको पसिना सुकेका बोटस“गै क्रमशः हराइरहेको उनको अनुभव छ । ‘हाम्रो सातो गएको छ, यस्तो कहिले हुदैनथ्यो,के कारणले यस्तो भएको हो बुझ्न सकिएको छैन्,’उनले भने । पण्डित र महतजस्तै इन्द्रावती गाउ“पालिकाको बा“डेगाउ“का श्यामबहादुर कटुवाल सबैजस्तो बोट फलले भरिएलगत्तै एकाएक मरेपछि भौतारिरहेका छन् । ‘७ रोपनीमा जग्गामा वार्षिक लाखौ मुल्य बरारको कफि लगाइरहेको थिए, सबै डुबेजस्तो भएको छ, दिक्क भएर बस्नुबाहेक विकल्प छैन् ,के गर्ने ?, ’उनले प्रश्न गरे । यी त केही उदाहरण मात्रै हुन् । डढुवा र किराले कफिको अधिकाशं बिरुवा मरेपछि जिल्लाको तीन नगरदेखि पा“च गाउ“पालिकाको गरी झण्डै दुई हजार एकसय ५० कृषक परिवारको व्यथा एउटै छ । डढुवा र किराले कफिको बोट मर्ने क्रम नरोकिएपछि व्यवसायिक कफि खेतीमा एकजुट भएर कस्सिरहेका कृषक निरुत्साहित बनेका छन् । जिल्लाभर एकसय २४ हेक्टर क्षेत्रफलमा कफि खेती भइरहेकोमा फल लाग्न सुरु भएलगत्तै मरेको जिल्ला कफि सहकारी संघ ,सिन्धुपाल्चोककी अध्यक्ष मञ्जु थापाले जानकारी दिइन् । जिल्लाभरका १२ वटा सहकारी र १८ समुहका व्यवसायिक कफि कृषकले फल बोटस“गै मरेको खबर पाएलगत्तै स्थलगत पुगेर रिपोर्टिङसहित सम्बद्ध सबै निकायलाई गुहारिरहेको उनले उदाहरण दिइन् । ‘हिउ“दे चिसोको रोगको कारणले ८० प्रतिशतभन्दा बढी बिरुवा मरेपछि कृषक बिचल्लीमा छन्, लगानी डुबेको छ , रोग पहिचान र रोकथामको लागि सेम्पल परिक्षण गर्न सूचना दिइसकेका छौ ,’उनले भने ।
जिल्लाभर वार्षिक उत्पादन हुने ३० मेट्रीक टनभन्दा बढी कफिबाट मात्रै वार्षिक अनुमानित दुई करोड आम्दानी हुने गरेको छ । उनकाअनुसार आहिले जिल्लाभर एक करोड बराबरको बोट र फल मरेर सकिएको छ । कृषकको समस्याबारे नेपाल बाली विज्ञान महाशाखा, कफि संघलगायतका सम्बन्धित सम्पूर्ण संस्थालाई सूचना र निवेदन दिइसकेको उनले प्रष्ट्याइन् । असारमा सुरु गरिने कफि खेतीलाई सुरुमा पुरा फल लाग्नको लागि ३ वर्षको समय लाग्ने गर्छ । एउटा बोटमा १० किलोसम्म फल्ने गर्छ कफि बजारमा प्रतिकिलो ९७ रुपैयामा बिक्री हुने गर्छ ।
‘आगमी जेठ अन्तिमसम्म कफि बिक्रीको लागि पठाइसक्ने गर्छौ ,’उनले भनिन् । २०६४ सालदेखि एउटा सामाजिक संस्थाबाट सुरु गरिएको कफि खेतीलाई सहकारी संघबाट व्यवस्थित बनाएर जिल्लामा सुरु गरिएको हो । जिल्ला कफि सहकारी संघबाट ‘अर्गानिक सटिफिकेशन’ सकेर पैठारी गर्न थालेको ८ वर्ष पुगिसकेको छ ।
रोकियो ‘अर्गानिक सटिफिकेशन ’कफि पैठारी
जिल्लाभरको कफि उत्पादन ,प्रशोधन, बजारिकरणको अभिभारा लिएको जिल्ला कफि सहकारी संघ कफिको २५ प्रतिशत बोट र फल मात्रै बाकी रहेपछि अन्योलमा परेको छ । अमेरिका,कोरियादेखि जापानजस्ता मुलुकमा ‘अर्गानिक सटिफिकेशन ’प्रक्रिया सकेर वार्षिक २० मेट्रीक टन कफि पैठारी गरिरहेको सहकारी यो वर्ष एकदमै तनावपूर्ण अवस्था व्यहोरिरहेको छ । ‘अघिल्लो वर्षमा २५ मेट्रिक टन कफि विदेशी मुलुकदेखि राजधानीमा निर्यात हुने गथ्र्यो, यो वर्ष खाली हातजस्तै भएका छौ,’ जिल्ला कफि सहकारी संघ ,सिन्धुपाल्चोककी अध्यक्ष मञ्जु थापाले भनिन् ।


क्याटेगोरी : अर्थ
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!