रितु तामाङ बचाउ अभियान सुरु, पहिलो दिन ५०,८०० रुपैयाँ संकलन

चौतारा, २७ फागुन ।
चौताराका युवा विद्यार्थीहरुले सुरु गरेको रितु तामाङ बचाउ अभियानको पहिलो दिन ५० हजार आठ सय रुपैयाँ संक्लन भएको छ । ब्लड क्यान्सरबाट ग्रस्त चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ८ इर्खु निवासीे तामाङलाई सहयोग गर्ने उद्देश्यले युवा विद्यार्थीहरुले रितु तामाङ बचाउ अभियान सुरु गरेका हुन् ।
२२ वर्षको सानै उमेरमा ब्लड क्यान्सर जस्तो प्राणघातक रोगबाट पिडित भई पाटन अस्पतालको शैयामा मृत्युसँग जुधिरहेकी रितुलाई सहयोगका लागि उक्त अभियान सञ्चालन गरिएको हो । पारिवारिक आर्थिक अवस्था कमजोर भएपछि पिडितको परिवारले सहयोगको अपिल गरेसंगै युवा विद्यार्थीहरुले स्वच्छिक रुपमा सकेको सहयोग गर्नका लागि सबैमा अनुरोध गरेको छन् ।
सहयोगीहरुमा धन्यवाद दिदै निरन्तर केहि दिनसम्म अभियान सञ्चालन गरिने हुदाँ सकेको सहयोगको लागि सबैमा अपिलका साथ सक्दो संकलन गरि इमानदारीपूर्वक परिवार समझ प्रदान गरिने अभियानमा सहभागी विद्यार्थी नेता सुवास गौतमले जानकारी दिए ।
क्याटेगोरी : अर्थ, समाज
ट्याग : #banner
तपाईको प्रतिक्रिया दिनुहोस