गृहपृष्ठ ∕ अर्थ ∕ बाह्रविसेमा हाते ट्रयाक्टर मर्मत तालिम बाह्रविसेमा हाते ट्रयाक्टर मर्मत तालिम Sindhu Khabar फागुन २७, २०७६ गते १६:४८ मा प्रकाशित बाह्रविसे, २७ फागुुन । बाह्रबिसे मितेरी बहुउद्देश्यीय सहकारी सँस्था लि .बाह्रबिसेको आयोजनामा ३ दिने हाते ट्याक्टर मर्मत तालिम गरिएको छ । सस्थाको सामाजिक र बहुउद्देश्य अनुसारको काम २०५२ साल देखि सामाजिक र कृषि क्षेत्रमा कृयाशिल हुदै कृषि क्षेत्रमा परिबर्तन गरि नयाँ आधुनिक ढंगबाट कृषकहरूलाई सक्षम र लाभ पुग्ने उद्देश्यले तालिम दिईएको हो । अनुदानमा ल्याइएको ट्«याक्टर केहि दिनको प्रयोग पछि थन्क्याएर राख्ने काम र कसैले महङ्गो खर्च गरे मर्मत गरेर चलाउन पनि नसकेकाले ट्रयाक्टर मर्मत तालिम दिइएको संस्थाका अध्यक्ष हेमन्त श्रेष्ठले जानकारी दिए । साथै अन्य साधनहरुको मर्मत केन्द्रहरु भए पनि ट्याक्टर मर्मत केन्द्र यस जिल्लामा नभएकोले जिल्ला पहिलोपटक यस सस्थाले आयोजना गरेको उनको भनाई छ । उनले आगामी दिनहरूमा पनि जनतालाई प्रत्यक्ष सहयोग पुग्ने कार्यक्रम लाउने र सबैको सल्लाह र सहयोग गर्न अनुरोध समेत गरे । तालिम कबिता एग्री प्रा .लि काठमाडौंको प्रशिक्षण सहयोग र साझेदारीको रूपमा सुनकोशी गाउँपालिका तथा ४ नं वडा कार्यलय बाह्रबिसे नगरपालिको सहयोगमा तालिम दिईएको थियो । कबिता एग्री प्रा .लि .का संचालक एवम् प्रशिक्षक सचिन जोशिले सहभागीहरू निकै खुशी भएको र यो तालिम लिन पाउनु भन्दा धेरै खुशी लागेको र उत्साहका साथ सहभागी भएको बताए । समापन कार्यक्रममा प्रमुख अतिथि अरनिको कलेज प्रमुख यम बहादुर बस्नेतले एकदम राम्रो कार्यक्रम गरेको र समय सापेक्ष काम गरि कृषि क्षेत्रलाई ठुलो लाभ लिन सक्ने भएकोले तालिम लिएर गाउँ घरमा सहयोग पुगे र ब्याक्तीगत रूपमा पनि आर्थिक लाभ हुने भएकोले यस्तै काम बाट नै समाजको बिकास हुन्ने र सस्थाको पनि हित हुने भएकोले सबै सहकारीहरूले यस्तो रचनात्मक जनतालाई फाइदा पुग्ने कार्य गर्नु पर्ने बताए । क्याटेगोरी : अर्थ ट्याग : #banner तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार पानी पठाएर गरियो मेलम्चीको सुरुङ परीक्षण अबरुद्ध सुनकोशी पुल निर्माण कार्य तत्काल सुचारु गर्न दबाब भाेलि मेलम्ची सुरूङमा पानी हालेर परीक्षण गरिदैं सिन्धुपाल्चोक उद्योग वाणिज्य संघ निर्वाचनः सदस्य संख्या २ हजार ९५… धेरै पढिएका १खुकुरी हान्ने बाह्रबिसेका ४ जना पक्राउ २क्रसरका संञ्चालकले मार्ने योजना बनाएको भन्दै वडाध्यक्षले सुरक्षाकर्मी गुहारे ३मोटरसाइकलसहित लिसंखु र तौथलीका दुई चोर पक्राउ ४सामुहिक बलात्कारमा संलग्न जुगलका कैलाश पक्राउ ५काँग्रेस क्षेत्रीय सचिव वासुमाथि सांघातिक आक्रमण ६चाेरीका माेटरसाईकल नियन्त्रणमा सिन्धु प्रहरीकाे सक्रियता ७यो समीकरणले देखाउँछ–सिन्धुपाल्चोकमा नेकपा प्रचण्ड–नेपाल समूह बलियो ८उपप्रधानमन्त्री र खेलकुद मन्त्रीलाई कालाे झण्डा देखाईयाे