Techie IT
Tuesday, May 11,2021 / सोमबार, वैशाख २७, २०७८
×
गृहपृष्ठअर्थइन्द्रावतीको नयाँ प्रशासनिक भवनको शिलान्यास

इन्द्रावतीको नयाँ प्रशासनिक भवनको शिलान्यास


नवलपुर, २३ फागुन ।
ईन्द्रावती गाउँपालिकाको प्रशासनिक भवनको आज सिलान्यास गरिएको छ । २०७८ बैशाखमा सक्ने लक्ष्यका साथ गाउँपालिका अध्यक्ष बंशलाल तामाङले भवन सिलान्यास गरेका हुन् । ६ करोड ५१ लाख ७२ हजार ९ सय ९३ रुपैया लागतमा निमार्ण हुने भवन टक्सार स्वराग जेभिले निमार्ण गर्ने जिम्मा पाएको हो ।
३० ओटा कोठा २ सय जना अट्ने मिटिङ हलसहित भवन बन्ने छ । बौद्ध धर्मावलम्बीको पुरानो कला ,सस्कृति झल्कने गरी प्यागोडा शैलिको छाना रहने अध्यक्ष तामाङले जानकारी दिए । १६ रोपनि जग्गा मध्य ५ हजार ५ सय ६० स्वाइर फिट जग्गामा भवन बन्ने छ । छुट्टै न्यायिक कक्ष समेत बन्ने गरी ३ तलाको भवन बन्ने छ । अहिले गाउपालिका कार्यलय साविक नवलपुर गाविसको भवनबाटै संचालन भइरहेको छ ।


क्याटेगोरी : अर्थ
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस