शनिबार, असोज ६, २०८०
गृहपृष्ठअर्थ१० बुँदे घोषणापत्र जारी गर्दै सुकुटे महोत्सव सम्पन्न, एक करोड बढीको कारोबार

१० बुँदे घोषणापत्र जारी गर्दै सुकुटे महोत्सव सम्पन्न, एक करोड बढीको कारोबार


सिन्धुपाल्चोक ।

प्रथम सुकुटे महोत्सव १० बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ ।

फागुन १७ बाट सुरु भएको महोत्सव २० गतेसम्म चलेको थियो । फागुन १७ २० सञ्चालित महोत्सवमा १३ हजारले अवलोकन गरेको आयोजक संस्था सिन्धु पर्यटन व्यावसायी संघ सिन्धुपाल्चोकका अध्यक्ष नारायण श्रेष्ठले जानकारी दिए ।

‘हामिले २० हजारले अवलोकन गर्ने र ५ करोड कारोबार हुने अनुमान गरेका थियौं तर पछिल्लो समय भिडभाड जन्य ठाउँमा नजाँदा उचित हुने संदेश प्रवाह भएकाले सोचे जति लक्ष्ये हाँसिल गर्न सकिएन ‘ अध्यक्ष श्रेष्ठले भने ।

महोत्सवले १ करोड ५० लाखको कारोबार गरेको र झन्डै ३० लाखको हाराहारीमा खर्च भएको उनिले बताए ।

घोषणापत्रमा सुकुटे र आसपासका क्षेत्रका कृषिजन्य वस्तु उत्पादनका लागि स्थानीय तहको अगुवाईमा कृषि प्रवर्धन कार्यक्रम सञ्चालन गर्ने, होटल तथा रिर्सोट आसपासका क्षेत्रमा होमस्टे, फार्मस्टे, अर्गानिक भिलेजको अवधारणालाई प्रोत्साहन गरिने, नदी संरक्षण र पर्यटनलाई व्यवस्थित गर्न करिडोर हरियाली अभियान सञ्चालन गर्ने विषयलाई समेटिएको छ ।

त्यस्तै स्थानीय कला संस्कृतिको संरक्षण र प्रबद्र्धन गरिने, व्यवसायीको लगानी सुरक्षित गर्न लगानीमैत्री वातारण सिर्जना गर्ने, सिन्धुका सम्पूर्ण पर्यटकीय क्षेत्रको प्याकेज तयार पारी प्रचार प्रसार गरिने घोषणापत्रमा उल्लेख गरिएको छ ।

पर्यटकीय क्षेत्रमा आवश्यक पूर्वाधार निर्माण गर्ने, सुकुटेलाई पर्यटकीय हव निर्माण गर्ने, स्थानीय परिकारको प्रवद्र्धन गर्ने, सांस्कृतिक क्यालेण्डर निर्माण गर्ने, पर्यटकीय सूचना केन्द्र निर्माण गर्ने विषय घोषणापत्रमा समेटिएको छ ।

महोत्सवको समापन समारोहलाई सम्बोधन गर्दै सभामुख अग्निप्रसाद सापकोटाले नेपालीहरुले तत्कालिन समयमा असान्दर्भिक खतरासँग जुध्नुपर्ने बताएका छन् ।

‘प्रविधिको विकास हाम्रो लागि भयानक खतरा भएर उभिदैछ’, सभामुख सापकोटाले भने– ‘तसर्थ खतरासँग जुध्न हामीले विकासका चरणहरु सुधार्न अग्रसर हुनुपर्दछ ।’

आउने चुनौतिलाई सामना गर्न नदीनाला, प्राकृतिक सम्पदा संरक्षण गर्नुपर्ने सापकोटाको भनाई थियो ।

आफूले जनताको भावनामाथि कहिल्यै घात नगर्ने बताउँदै सभामुख सापकोटाले लामो सयमदेखि रोकिएको सदनलाई समेत सञ्चालन गर्नुपर्ने बाध्यताको बीच आफू सुकुटे महोत्सवमा आएको बताए ।

सुकुटे महोत्सवको उद्घाटन गर्ने नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले फागुन १७ गते गरेका थिए ।

आराम गर्ने भन्दै पटक पटक सुकुटे पुग्ने गरेका दाहालले सुकेटे आफ्नो मर्निङ वाक गर्ने थलो भएको बताएका थिए । दाहाल फागुन १६ गते हेलिकप्टोर मार्फत सुकेटे आएका थिए ।


क्याटेगोरी : अर्थ, पर्यटन
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!