के–के हुन्छ सुकुटे महोत्सवमा, यस्तो छ तयारी

सुकुटे, १६ फागुन
साहसिक जलयात्राका लागि विश्वका उत्कृष्ट नदिहरु मध्ये सातौं स्थानमा पर्ने पर्यटकीय बजार सुकुटेमा बृहत महोत्सव चल्दैछ । ¥याफ्टिङ, वीच भलिवल जस्ता खेल अनि शान्त वातावरणमा ‘मुड फ्रेस’ गराउन रुचाउनेहरुका लागि अरनिको राजमार्गमा पर्ने सुकुटे एउटा ‘अर्गानिक ब्रान्ड’ हो ।
धार्मिक, साँस्कृतिक, ऐतिहासिक, प्राकृतिक र ब्यापरिक महत्व रहेको सिन्धुपाल्चोक भित्रको सुकुटे नेपालकै एक महत्वपूर्ण पर्यटकीय गन्तब्यको रुपमा परिचित छ । राजधानीबाट ६८ किलोमिटरको दुरीमा रहेको यहाँ १० रिसोर्ट छन् । यी रिसोर्टहरुमा हरेक दिन हजारौ पर्यटकहरु यहाँ भित्रिने गरेको सिन्धु पर्यटन व्यवसायी संघको दाबी छ ।
भोटेकोशी र सुनकोशी नदिको किनारामा अवस्थित यो क्षेत्रलाई अझै ब्यवस्थित र प्रबद्र्धन गर्दै यस क्षेत्रलाई केन्द्र बिन्दु बनाइ यहाँ आउने पर्यटकलाई जुगल हिमाल, भैरबकुण्ड, तातोपानी, ओखरेनी, पाँचपोखरी, मुढे लगायतका अन्य स्थानहरुमा पु¥याई भ्रमण वर्ष २०२० सफल बनाउने उद्धेश्य हो । स्थानीय उत्पादन र स्थानीय संस्कृति, पर्यटन, जलयात्रा र नदि संरक्षण, पर्यटन प्रबद्र्धन र लगानी बिषयलाई बिशेष बहसको बिषय बनाएर सुकुटे महोत्सवमा जाऔं भ्रमण बर्ष २०२० सफल पारौं भन्ने मुल नाराका साथ समग्र जिल्लाको पर्यटन क्षेत्र बिकासका लागि सुकुटे घोषणा–पत्र जारी गर्ने उद्देश्यका साथ यो प्रथम सुकुटे महोत्सव आयोजना गर्न लागएिको हो ।
महोत्सवको आयोजना सिन्धु पर्यटन व्यवसायी संघले गरेको हो उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, वागमती प्रदेश, नेपाल पर्यटन वोर्ड, नेपाल भ्रमण वर्ष २०२० को सचिवालयको सहयोगमा चौतारा साँगाचोकगढी नगरपालिका, सुनकेशी गाउँपालिका र बलेफी गाउँपालिकाले प्रवद्र्धन गर्दैछ ।
सुकुटेमा रहेका १० वटा रिसोर्टवाट र्याफ्टि¨ सहित प्रतिदिन २ हजार ५०० पर्यटकलाई सुविधा प्रदान गर्न सकिन्छ । महोत्सव अवधिभर खाना, खाजा, आवास, र्याफ्टि¨, प्याराग्लाइडिङ मा ३० प्रतिशत छुट को व्यवस्था गरिएको आयोजक सिन्धु पयर्एटन व्यवसायी संघका अध्यक्ष नारायण श्रेष्ठले जानकारी दिए । महोत्सव अवधीभर विस हजार पर्यटकले महोत्सव अवलोकन गर्ने अपेक्षा गरिएको उनको भनाई छ । ‘करिव ५ करोडको आर्थिक कारोबारको अपेक्षा गरेका छौं ।’ उनले भने ।
के–के हुन्छ सुकुटे महोत्सवमा ?
- सिन्धुपाल्चोकको पर्यटकीय केन्द्र सुकुटेलाई पर्यटकीय हवको रुपमा विकास गर्न सुकुटे पर्यटन घोषणापत्र जारी र प्रतिवद्धता ।
- नेपाल भ्रमण वर्ष २०२० मा सिन्धुपाल्चोकमा रहेका पर्यटकिय क्षेत्रहरुको प्रचार प्रसार र प्रवद्र्धनमा सहयोग ।
- सिन्धुपाल्चोक जिल्लाको सुकुटे क्षेत्रका जलयात्रा लाइ केन्द्रमा राखी (चौतारा सांगाचोकगढी नगरपालिका, वलेफी तथा सुनकोशी गापाका पर्यटकीय क्षेत्रको प्रचार प्रशार गर्ने ।
- कदमवासवाट व्यावसायिक प्याराग्लाइडिङको शुरुवात ।
- सुकेटे देखि ओख्रेनी सम्मको पर्यटकीय रुटको प्रचार ।
- स्थानीय उत्पादनको वजारीकरण र विक्रि वितरणको व्यवस्थापन र रिसोर्टहरुले किन्ने व्यवस्था ।
- पर्यटन विषयक अन्तरक्रिया र कार्यपत्र प्रस्तुति ( १. जलयात्रा र नदी संरक्षण, २.स्थानीय उत्पादन, स्थानीय संस्कृति र पर्यटन, ३. पर्यटन प्रवद्र्धन र लगानी) ।
- स्थानीय उत्पादन र स्थानीय संस्कृति झल्कने मौलिक कुराहरुको प्रदर्शनी ३० वटा स्टल ।
- साता भरि नै पर्यटकहरुलाइ सुकुटेमा आकर्षित गर्न प्रचारप्रसार ।
- तातोपानी नाका, भैरवकुण्ड र जुगल हिमाल जाने प्रवेशद्धार को रुपमा प्रवद्र्धन ।
- विविध साहित्यिक कार्यक्रम ।
- राष्ट्रियस्तरमा चलेका जिल्लाका चर्चित कलाकारहरुको प्रस्तुति ।
यस्तो छ कार्यक्रम तालिका
नेकपा अध्यक्ष एवम् पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले महोत्सवको उद्घाटन गर्नेछन् । उद्घाटन समारोहमा पर्यटन मन्त्री योगेश भटराईको पनि उपस्थिति रहनेछ ।
२० वटा वोटवाट प्रमुख अतिथि सहित वलेफी वाट शुनकोशी वगरमा र्याफ्टी¨ जेट वोर्ड र प्याराग्लाइडिङ, कपिलेश्वर महादेव मन्दिर वलेफी वाट सुकुटे सम्म दौड र वेलुन सहित ड्रोनको प्रयोग गरी कार्यक्रम उद्घाटन गरिने तय भएको छ ।
उद्घाटनको दिन तामाङ संस्कृति र झाँकी, नेवारी धिमे बाजासहित संस्कृति, माझी समुदायको पित्रा देखाउने नाच, खैंजडी भजनहरु प्रस्तुत गरिनेछ । महोत्सवको दोस्रो दिन सांस्कृतिक कार्यक्रम, नियमित र्याफ्टि¨ र प्याराग्लाइडिङ कार्यशाला र अन्तरक्रिया गरिने आयोजकले जनाएको छ ।
त्यस्तै तेस्रो दिन अघिल्ला दिनहरुको नियमित कार्यक्रमसहित र्याफ्टि¨ र प्याराग्लाइडिङ चल्नेछ । सोही दिन जिल्लामा रहेका स्थानीय तहहरु,नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोक, गैरसरकारी महासंघ सिन्धुपाल्चोक र कलाकार टोलीको सहभागितामा विच भलिवल प्रतियोगिता हुनेछ । तीन वटा स्थानीय तहले पर्यटन विषयक कार्यपत्र प्रस्तुति गरि सुकुटे पर्यटन घोषणापत्र तयारी गरिनेछ ।
महोत्सवको अन्तिम दिन साँस्कृतिक कार्यक्रमलाई निरन्तरता दिदैं र्याफ्टि¨ र प्याराग्लाइडिङ पनि हुनेछ । राष्टिय स्तरीय र्याफ्टिङ प्रतिस्पर्धा पनि गरिन लागिएको छ । सम्माननीय सभामुख अग्नी प्रसाद सापकोटाको प्रमुख आतिथ्यमा पुरस्कार वितरण, सांस्कृतिक प्रस्तुती, मुल आयोजक समितिवाट सुकुटे पर्यटन घोषणापत्र जारी गरेपछि प्रथम सुकुटे महोत्सव समापन हुनेछ ।
क्याटेगोरी : अर्थ, पर्यटन
ट्याग : #banner
तपाईको प्रतिक्रिया दिनुहोस