गृहपृष्ठ ∕ अर्थ ∕ लिलामी हुँदै भैरवकुण्ड हाइड्रोपावर लिलामी हुँदै भैरवकुण्ड हाइड्रोपावर Sindhu Khabar फागुन १४, २०७६ गते १७:०७ मा प्रकाशित चौतारा, १४ फागुन । विभिन्न बैंकहरुसँग लिएको ऋण नतिरेपछि भैरवकुण्ड हाइड्रोपावर लिमिटेडको सम्पूर्ण चल अचल सम्पत्ति लिलामी हुने भएको छ । गएको पुस १६ गते कर्जा भुक्तानी गर्नेबार ३५ दिने सूचना प्रकाशित गर्दा पनि ऋण तिर्न नआएपछि बैंकहरुले हाइड्रोपावरको सम्पत्ति लिलाम गर्न लागेको हो । हाइड्रोपावरले सानिमा बैंक, बैंक अफ काठमाण्डू, एनएमबि बैंक, एनआईसी एशिया बैंक, ग्लोबल आइएमई बैंक र मञ्जुश्री फाइनान्सबाट ऋण लिएको थियो । सानिमा बैंकको अगुवाईमा हाइड्रोपावरका जग्गाहरु र जग्गामा निर्मित सम्पूर्ण घर, टहरा साथै सोमा जडान भएका सम्पूर्ण प्लान्ट, मेशीनरी, उपकरण साथै सम्पूर्ण चल अचल सम्पत्तीसमेत लिलाम बिक्री गर्न फागुन ८ गते सूचना प्रकाशित गरेको छ । हाइड्रोपावरको नाममा सिन्धुपाल्चोक मालपोत कार्यालयमा तातोपानी गाविस वडा नं. ४ को कित्ता नं. १९२ को १०–५–३–० र कित्ता नं. २०६ को ४–३–१–१ क्षेत्रफलको जग्गा दर्ता रहेको छ । ‘सहवित्तीयकरण समूहका बैंक तथा वित्तीय संस्थाहरुबाट उपभोग गरेको कर्जा तिर्ने बुझाउने तर्फ हालसम्म सम्पुष्टि हुने किसिमको स्पष्ट, यथार्थ कार्यान्वयनयुक्त तथा ठोस कार्ययोजना समेत पेश गर्न नसकेको, कर्जा तिर्ने तर्फ उन्मुख हुनु पर्नेमा सो गरे भएको नपाईएकोले’ लिलाम गर्न लागेको सूचनामा उल्लेख छ। हाइड्रोपावरका सञ्चालकहरु सुरेन्द्र भण्डारी, रामकाजी पौडेल, राजेश श्रेष्ठ, मनोरञ्जन शर्मा र पदम बहादुर श्रेष्ठ रहेका छन् । परियोजना खरिद गर्न इच्छुकले १५ दिनभित्र बोलपत्र पेश गर्नुपर्नेछ । बोलपत्रको आवेदन फाराम सानिमा बैंकको प्रधान कार्यालय नक्सालबाट प्राप्त गर्न सकिनेछ । क्याटेगोरी : अर्थ ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार आफ्नै भवनमा उद्योग बाणिज्य संघ चाैतारा शाखा पानी पठाएर गरियो मेलम्चीको सुरुङ परीक्षण अबरुद्ध सुनकोशी पुल निर्माण कार्य तत्काल सुचारु गर्न दबाब भाेलि मेलम्ची सुरूङमा पानी हालेर परीक्षण गरिदैं धेरै पढिएका १खुकुरी हान्ने बाह्रबिसेका ४ जना पक्राउ २क्रसरका संञ्चालकले मार्ने योजना बनाएको भन्दै वडाध्यक्षले सुरक्षाकर्मी गुहारे ३मोटरसाइकलसहित लिसंखु र तौथलीका दुई चोर पक्राउ ४सामुहिक बलात्कारमा संलग्न जुगलका कैलाश पक्राउ ५काँग्रेस क्षेत्रीय सचिव वासुमाथि सांघातिक आक्रमण ६चाेरीका माेटरसाईकल नियन्त्रणमा सिन्धु प्रहरीकाे सक्रियता ७यो समीकरणले देखाउँछ–सिन्धुपाल्चोकमा नेकपा प्रचण्ड–नेपाल समूह बलियो ८उपप्रधानमन्त्री र खेलकुद मन्त्रीलाई कालाे झण्डा देखाईयाे