बुधबार, मंसीर २०, २०८०
गृहपृष्ठअर्थसुन इतिहासकै महंगो, तोलाको ८० हजार ३ सय

सुन इतिहासकै महंगो, तोलाको ८० हजार ३ सय


काठमाण्डौं, १२ फागुन ।

नेपालको इतिहासमा सुनको मूल्य प्रतितोला ८० हजार ३ सय रुपैयाँ पुगेको यो पहिलो पटक भएको सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।
महासंघका अनुसार आईतबार प्रतितोला ७८ हजार ८ सय रुपैयाँमा कारोबार भएकामा सोमबार १५ सय रुपैयाँले बढेर ८० हजार ३ सय रुपैयाँ पुगेको छ । महासंघका अनुसार तेजाबी सुनको मूल्य प्रतितोला ७८ हजार ५ सय रुपैयाँबाट बढेर ८० हजार रुपैयाँ पुगेको छ । आईतबारको तुलनामा सोमबार तेजाबी सुनमा समेत १५ सय रुपैयाँले बढेर ८० हजार रुपैयाँ पुगेको हो ।
त्यसतै आईतबार ९ सय २० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्यमा पनि ५ रुपैयाँले बढेर ९ सय २५ रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।


क्याटेगोरी : अर्थ
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!