गृहपृष्ठ ∕ अर्थ ∕ सडकमा ढिलासुस्ती विरुद्ध खबरदारी गर्ने ५ अभियन्ता पक्राउ सडकमा ढिलासुस्ती विरुद्ध खबरदारी गर्ने ५ अभियन्ता पक्राउ Sindhu Khabar फागुन ११, २०७६ गते १४:२६ मा प्रकाशित चौतारा, ११ फागुन । चरिकोट खाडीचौर सडकमा ढिलासुस्ती विरुद्ध नागरिक स्तरबाट सञ्चालित संघर्ष अभियान अन्तर्गत आज लामोसाँघु जिरी सडक सुधार आयोजनाको कार्यालय डाडाँपाखर सिन्धुपाल्चोकमा तालाबन्दी कार्यक्रममा प्रहरीले हस्तक्षेप गरि ५ जना अभियान्तालाई पक्राउ गरेको छ । खाडीचौर चरिकोट सडक संघर्ष समितिका संयोजक चिरञ्जिवी मास्के, सह संयोजक रमेश खतिवडा, सचिव गोकर्ण भण्डारीसहित सदस्यहरु सिर्जन घिमिरे र ज्ञानबहादुर बस्नेतलाई प्काउ गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डिएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए । उनीहरुलाई जिल्ला प्रहरी कार्यालयका ईन्सपेक्टर रामचन्द्र घिमिरेको टोलीले सदरमुकाम चौतारा तर्फ ल्याउँदैछ । प्रहरी कस्टडीमै बसेर पनि आन्दोलन जारी राख्ने संघर्ष समितिका सचिव गोकर्ण भण्डारीले जानकारी दिए । दोलखा र सिन्धुपाल्चोक जिल्लाको महत्वपूर्ण लाइफलाइन मानिएको खाडीचौर–चरिकोट सडक स्तरोन्नतिको काममा ढिलाई भएको भन्दै संघर्ष समितिको अगुवाइमा यसअघि विभिन्न आन्दोलन समेत गरिएको थियो । ढिलाई विरुद्धको नागरिक खबरदारीको आन्दोलनमा दोलखाका नागरिक समाज, विभिन्न संघसंस्थाले सहयोग गरिरहेका छन् । क्याटेगोरी : अर्थ, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार चौतारा, बाह्रबिसे, खाडिचौरलगायत क्षेत्रमा आज ७ घण्टा बती जाने फेरि बन्द हुने भयाे ताताेपानी नाका उपप्रधानमन्त्री र खेलकुद मन्त्रीलाई कालाे झण्डा देखाईयाे जुगलका दुई बस्ती सार्न सिफारिश धेरै पढिएका १खुकुरी हान्ने बाह्रबिसेका ४ जना पक्राउ २यो समीकरणले देखाउँछ–सिन्धुपाल्चोकमा नेकपा प्रचण्ड–नेपाल समूह बलियो ३उपप्रधानमन्त्री र खेलकुद मन्त्रीलाई कालाे झण्डा देखाईयाे ४चाइनीज नागरिक कुट्ने बुद्धि पक्राउ ५फेरि बन्द हुने भयाे ताताेपानी नाका ६दुवै पक्षका नेकपा सिन्धुकाे पदबाट हटाउने-राख्ने हाेड,केपी पक्षकाे संयाेजकमा देउजा ७ह्योल्मो भूमि हेलम्बुमा लोभलाग्दो हिमाल (फोटोफिचर) ८काँग्रेस सभापति देउवा बाह्रबिसे आउँदै