शनिबार, असोज ६, २०८०
गृहपृष्ठअर्थबेसाहारा वृद्ध दम्पत्तीलाई उद्योग वाणिज्य संघको सहयोग

बेसाहारा वृद्ध दम्पत्तीलाई उद्योग वाणिज्य संघको सहयोग


चौतारा, १० माघ ।
चौतारा साँगाचोकगढी नगरपालिका वडा ५, का बेसाहारा वृद्ध दम्पतीलाई सिन्धुपाल्चोक उद्योग वाणिज्य संघ सिन्धुपाल्चोकले खाद्य सामाग्रीसहित नगद सहयोग गरेको छ । उद्योग वाणिज्य संघ सिन्धुपाल्चोकले आवश्यक नुन तेल,चामल, साबुनजस्ता सामाग्रीसहित कपडा र नगद २५ हजार सहयोग गरेको हो ।
चौसागाढी नगर कदमबासका बुद्धिबहादुर र सेतीमाया विश्वकर्माको टहरामै पुगेर उद्योग वाणिज्य संघ सिन्धुपाल्चोकका अध्यक्ष बेदबहादुर श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष होमनारायण बस्नेत (राजकुमार), सदस्य सुर्य कार्की, मोहनविक्रम कार्की, भुपेन्द्र भण्डारीले सहयोग दिए । थोत्रो ओछ्यानमा अलपत्र बेसाहारा लडिरहेका अशक्त बुद्धिबहादुरलाई उद्योग वाणिज्य संघको टिमले न्यानो ब्याल्केट ओडाएर अन्य सहयोग दिएपछि पीडित दम्पत्ती भावुक बने । ‘पीडितको लागि अन्य सहयोग र पहलकदमीमा जुट्नेछौ , उद्योग वाणिज्य संघ हरदम सक्रिय रुपमा तयार छ,’ उद्योग वाणिज्य संघ सिन्धुपाल्चोकका अध्यक्ष बेदबहादुर श्रेष्ठले भने ।
यसअघि ‘नाल्दुम नगरकोट जेसिस’ का अध्यक्ष अमितकुमार कर्माचार्य, राम ढकाल, मञ्जु शाही ठकुरी, सोहन रञ्जित, आशा देवान श्रेष्ठ, मिलन कर्माचार्यले आवश्यक खाद्यन्न, कपडालगायतका सामाग्री सहयोग गरेका थिए । चौतारामा रहेको दुई आना जग्गा पनि आफ्नै आन्द्राको उपचारमा सकाएको श्रीमती सेतीमायाले आन्द्रा गा“ठो परेपछि उपचारमा अरु बाटो नभएपछि चौताराको दुई आना जग्गा पनि धितो राखेर लाख रुपैया ऋण निकालेको बताइन् ।


क्याटेगोरी : अर्थ
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!