शनिबार, असोज ६, २०८०
गृहपृष्ठअर्थशर्त नमाने सरकारलाई लालपुर्जा दिन स्थानीय तयार

शर्त नमाने सरकारलाई लालपुर्जा दिन स्थानीय तयार


चौतारा, २७ माघ ।
जुगल गाउँपालिकामा सञ्चालित गेलुङखोला हाइड्रोपावरले हाइटेन्सन लाईन विस्तारका क्रममा आफूखुसी काम गरेपछि टावर र तारले छुने स्थानीय जग्गाधनी आफ्नो लालपुर्जा नेपाल सरकारलाई बुझाउन तयार रहेका छन् । जग्गाधनीसँग छलफल नगरि हाइड्रोपावरले काम गर्न थालेपछि लालपुर्जाके छाँयाप्रति स्थानीय प्रशासनलाई ध्यानाकर्षण स्वरुप बुझाउँदै समस्या सम्बोधन नभए सक्कल लालपुर्जा बुझाउन स्थानीय तयार भएका हुन् ।
जुगल गाउँपालिका (साविक हगाम गाविस) को गेलुङखोलामा सञ्चालन भएको गेलुङखोला हाईड्रोपावर प्रा.लि.ले आफ्नो आयोजनाको पावरहाउसदेखि सवस्टेशनसम्म हाईटेन्सन लाईन विस्तार गर्ने क्रममा आफूखुसी पोल गाड्न थालेको थियो । छलफल नै नगरी आफ्नो जग्गामा पोल राख्न थालेपछि चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. २ का स्थानीयले त्यसको विरोध गरेका छन् ।
स्थानीयले आफ्नो सम्पत्तिको संरक्षण गर्न खोज्दा हाईड्रोपावरका सञ्चालक र स्थानीय प्रशासनले जग्गधनीको सहमति बेनै कामको थालनी गरेको स्थानीयको आरोेप छ । ‘जग्गाधनीलाई जानकारी नै नदिई काम सुरु गरिएकाले हामीहरुसँग छलफल गरेर मात्रै काम गर्नु भनेका हौं,’ स्थानीय कुमारी श्रेष्ठले भनिनु् । कुमारीको परिवार भूईंचालोबाट विस्थपित भएको हो । स्थानीय खालेमा रहेको पुरानो थातथलोमा माथिबाट पहिरो आउने र तलबाट नदिले कटान गर्ने भएपछि चौतारा साँगाचोकगढी नगरपालिका २ स्थित बतासेमा बस्दै आइरहेको छ । भूईचालोेपछि आश्रय लिन जग्गा किनेर बनाइएको घरमाथि अहिले तार टांगिने भएपछि आफूहरु समस्यामा परेको उनले बताइन् ।
‘घरमाथि तार बसेपछि बैंकले ऋणका लािग घर धितोमा राख्न मान्दोरहेनछ,’ उनले भनिन्, ‘ऋण लिैंदै घर व्यवहार चलाउनु पर्ने भएकाले निकै समस्यामा परेका छौं ।’ उनले हाइड्रोपावरले आफूसँग छलफल नै नगरि काम थालेकोमा आक्रोस व्यक्त गरिन् । ‘हामी विकास बिरोधी हैनौं, तर जानकारी गराई सहमतिमा हाइड्रोपावरले काम गर्नुपर्छ,’ कुमारीको माग छ, ‘उचित मुआब्जा दिएर हामीलाई बैकल्पिक स्थानमा पठाए हामी आयोजनालाई सहयोग पनि गर्न तयार छौं ।’
आयोजनाका सञ्चालकहरु स्थानीय जग्गाधनीलाई डर, त्रास, धम्कीपूर्ण व्यवहार गरी सहमति विना नै बस्तीलाई पूर्ण जोखिममा राखेर पोल राख्ने काम गरेको पीडित स्थानीय पक्षको भनाई छ । ‘उहाँहरुको काम गर्ने शैलीले हामी त्रसित छौं,’ अर्का स्थानीय बेलबहादुर श्रेष्ठ भन्छन्, ‘आफ्नो सम्पत्तिको रक्षा गर्न खोज्दा सुरक्षा निकायले पनि सहमति गराउने तर्फ भन्दा पनि बल जबरजस्तीद्वारा नै पीडित पक्षलाई नियन्त्रणमा लिने र आयोजनाकै पक्षमा मात्रै एकतफी निर्णय लाद्न खोज्ने व्यवहार गरेको छ ।’ छलफलबाट सहमतिमा आउनु भन्दा प्रहरी परिचालन गरेर स्थानीयमा आतंक सिर्जना गर्ने काम भएको उनको भनाई छ ।
विहीबार जिल्ला प्रशासन कार्यालयमा ध्यानाकर्षण गराउन बतासेका १४ परिवार लालपुर्जाको छायाँकपीसहित आएका थिए । आफ्नो सम्पत्तिमा स्थानीय प्रशासन र हाइड्रोपावरले एकतर्फी निर्णय गरे लालपुर्जा नेपाल सरकारलाई दिने रामबहादुर श्रेष्ठ बताउँछन् । ‘नेपाल सरकारकै प्रमुख प्राथमिकताको जलविद्युत आयोजनालाई अवरोध गर्ने र छेक्ने पक्षमा हामी छैनौं, हामी छिटो भन्दा छिटो आयोजना सफल भएको देख्न चाहन्छौं,’ उनी भन्छन्, ‘तर स्थानीयको समस्या समाधान गर्दै वैकल्पिक बाटो तय गरी हाईटेन्सन लाईन विस्तार गरिनुपर्छ ।’ उनले पीडित स्थानीयको आवाज सुन्न र समस्या सल्टाउन हाइड्रोपावर र स्थानीय प्रशासनलाई अनुरोध गरे ।
सम्बन्धित निकायले सम्पूर्ण वडाबासीहरुको भेला डाकी दुबै पक्ष राखी वैकल्पिक मार्ग खोजी गर्न छलफलको वातावरणबाट यो समस्याको समाधान गरिदिन उनीहरुको सामुहिक माग छ । ‘तपाईंहरु मध्ये केही परिवारलाई समस्या छ,’ हाइड्रोपावर सञ्चालक समितिका अध्यक्ष चुर्णप्रसाद श्रेष्ठले सान्त्वना दिदैं भने, ‘कानुनअनुसार हामी मुआब्जा दिन्छौं ।’ उनले आफ्नो व्यक्तिगत पैसा दिन नपर्ने र सबै कम्पनीकै खर्च हुने भएकाले प्रक्रियामा जाने बताए ।


क्याटेगोरी : अर्थ, समाज
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!