गृहपृष्ठ ∕ अर्थ ∕ असहायलाई उद्योग बाणिज्य संघको सहयोग असहायलाई उद्योग बाणिज्य संघको सहयोग Sindhu Khabar माघ १८, २०७६ गते १३:५८ मा प्रकाशित चौतारा, १८ माघ । सिन्धुपाल्चोक उद्योग बाणिज्य संघको अगुवाईमा जिल्लाका तीन असहायलाई सहयोग गरिएको छ । बाणिज्य संघसहित अन्य दाताहरुको सहयोगमा त्रिपुरासुन्दरी गाउँपालिका–४ पिस्करका तीन जनालाई नगदसहित अन्य सामग्री प्रदान गरिएको हो । पिस्करका २९ वर्षिय संगीता थामी, ६४ वर्षिय गथेरा थामी र ८६ वर्षिय मनकमाया थामीलाई नगदसहित दैनिक आधारभूत आवश्यकताका सामग्री सहयोग गरिएको हो । संगीता आफ्नो घर र परिवार नभएकाले दिदीसँग आश्रय लिइरहेकी छिन् । गथेरा र मनकमाया आमा छोरा हुन् । उनीहरुको पनि आयश्रोत केही छैन । सिन्धुपाल्चोक उद्योग बाणिज्य संघका अध्यक्ष बेदबहादुर श्रेष्ठकाअनुसार संगीतालाई नगद २० हजार र मनकमायाकी आमा छोरालाई नगद तीस हजार सहयोग गरिएको हो । नगदसँगै उनीहरुलाई खाद्यान्न, लत्ताकपडा दिइएको उनले बताए । उनीहरुलाई नगद र आधारभूत आवश्यकताका सामग्री खरिदका लागि विभिन्न संस्था तथा व्यक्तिहरुको सहयोग रहेको सिन्धुपाल्चोक उद्योग बाणिज्य संघले जनाएको छ । अध्यक्ष श्रेष्ठकाअनुसार न्यानाङ फेल्गेलिङ गुम्बा परिवार नेपाल स्वयम्भू, झायला लामा तिनचुलीको सहयोग रहेको थियो । थामीहरुलाई होटल सुनकोशीका डाइरेक्टर प्रभुराम श्रेष्ठ, सिन्धुपाल्चोक उद्योग बाणिज्य संघका महासचिव यादव दाहाल, कार्यसमिति सदस्य सूर्यबहादुर कार्की, सल्लाहकार भूपेन्द्र भण्डारीलगायतका उपस्थितिमा सहयोग प्रदान गरिएको हो । क्याटेगोरी : अर्थ, समाज ट्याग : #banner तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार यसरी मनाए माझी समुदायले कोशी पूजा (भिडियो र तस्विरसहित) भोटेकोसीमा सिमल बिसौना गोरेटो तथा प्रतिक्षालयको उद्घाटन राष्ट्रपतिले उद्घाटन गरेको जलवायु सम्मेलनको हिसावकिताब माग गर्दै अख्तियारमा उजुरी आफ्नै भवनमा उद्योग बाणिज्य संघ चाैतारा शाखा धेरै पढिएका १खुकुरी हान्ने बाह्रबिसेका ४ जना पक्राउ २क्रसरका संञ्चालकले मार्ने योजना बनाएको भन्दै वडाध्यक्षले सुरक्षाकर्मी गुहारे ३मोटरसाइकलसहित लिसंखु र तौथलीका दुई चोर पक्राउ ४सामुहिक बलात्कारमा संलग्न जुगलका कैलाश पक्राउ ५काँग्रेस क्षेत्रीय सचिव वासुमाथि सांघातिक आक्रमण ६चाेरीका माेटरसाईकल नियन्त्रणमा सिन्धु प्रहरीकाे सक्रियता ७यो समीकरणले देखाउँछ–सिन्धुपाल्चोकमा नेकपा प्रचण्ड–नेपाल समूह बलियो ८उपप्रधानमन्त्री र खेलकुद मन्त्रीलाई कालाे झण्डा देखाईयाे