गृहपृष्ठ ∕ अर्थ ∕ विदेश जाने युवालाई स्वदेशमै रोक्न कालिजपालन विदेश जाने युवालाई स्वदेशमै रोक्न कालिजपालन Sindhu Khabar माघ ११, २०७६ गते १७:३३ मा प्रकाशित थुम्पाखर, ११ माघ । गाउँका युवा बिदेशिने क्रम बढेपछि गाउँमै नयाँ व्यवसाय गरेर आम्दानी बढाउन सकिन्छ भन्ने उदाहरण देखाउन सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–६, थुम्पाखरका युवा उद्यमीहरुले गाउँमै कालिज पालन व्यवसाय सुरु गरेका छन् । गाउँका युवालाई गाउँमै केही नयाँ काम गर्न प्रोत्साहन गर्ने र आफू पनि गाउँमै केही काम गरेर आम्दानी बढाउने लक्ष्यका साथ थुम्पाखरस्थित कार्की परिवारका सात जना युवाको सक्रियतामा कालिज पालन व्यवसाय सुरु गरेका हुन् । जंगलमा देखेको कालिज काभ्रेको साँगा र पोखरामा रहेको साथीहरुको फार्ममा पालेको देखेपछि हाइड्रो पावर व्यवसायी रामचन्द्रको मनमा पनि आफ्नो गाउँमा कालिज पालन व्यवसाय गर्ने सोच पलाएपछि आफ्ना दाजुभाइको सल्लाह अनुसार भगवति वाइल्ड एण्ड क्याटल प्रोडक्ट प्रालिको नाममा गाउँमै व्यवसाय सुरु भएको कार्कीले बताए । साँगाबाट रिङनेट जातको कालिजको ५३ वटा चल्ला ल्याएर गत असोजको दोस्रो साताबाट व्यवसाय सुरु गरेको साझेदार यज्ञ कार्कीले जानकारी दिए । यज्ञका अनुसार उनीहरु मासुका लागि कालिज मात्र नभएर अण्डा र चल्ला समेत उत्पादन गर्ने लक्ष्यका साथ व्यवसायमा लागेका छन् । ‘हामी मासुका लागि कालिजसहित चल्ला र अण्डा उत्पादनलाई पनि जोड दिन्छौं’, यज्ञले भने, ‘हामी मात्रै नभएर सिंगो गाउँ र आसपासलाई कालिजको हब बनाउने हाम्रो लक्ष्य हो ।’ राजधानीका विभिन्न रेष्टुरेन्टमा मात्र नभई जिल्लाकै सुकुटे लगायतका पर्यटकीय क्षेत्रका होटलहरुले कालिज उपलव्ध गराउन आग्रह गरेको अर्का सञ्चालक मधुराम कार्की बताउँछन् । राम्रो उत्पादन नैसुरु नभई प्रयाप्त माग आउन थालेको उनले बताए । गाउँकै अन्नलाई दानाको रुपमा प्रयोग गरेकाले जंगलमा पाइने कालिजको जस्तै स्वाद पाइने कार्की दाजुभाईको दाबी छ । उनीहरु कालिज हेर्न आउने आन्तरिक पर्यटकलाई होमस्टेको व्यवस्था गरी घरमै कालिजको मासु खाने प्रवन्ध मिलाउने तयारीमा समेत लागेका छन् । कालिज पालन सुरु भएपछि जंगलको कालिज चोरी शिकारीमा कमी आउने उनीहरुको विश्वास छ । कालिज पालन सुरु गरेसँगै उनीहरुले केही समस्या पनि झेलिरहेका छन् । कालिजको उपचार गर्ने छुट्टै विशेषज्ञ नहुँदा कुखुरालाई गर्ने उपचार गराउनु परेको रामचन्द्रले गुनासो गरे । अन्य मुलुकमा कालिजको उपचार गर्ने छुट्टै विशेषज्ञ भएपनि नेपालमा अझै यसको व्यवस्था हुन नसकेको उनको गुनासो थियो । कालिजको बिमा गर्ने व्यवस्था नहुँदा जोखिम समेत आफैले व्यहोर्नुपर्ने अबस्था रहेको यज्ञले बताए । ‘कालिजको बिमा गर्ने कुरा गर्दा ब्रोइलर कुखुराको मूल्यमा गर्नुपर्ने रहेछ’, यज्ञले भने, ‘त्यो मूल्यमा बिमा गर्दा त कालिजको मूल्यको पाँच प्रतिशत पनि जोखिम बहन हुँदैन ।’ उपचार सेवा र बिमाको व्यवस्था गर्न उनीहरुले सरकारसँग माग गरेका छन् । सरकारले अनुमति दिए कालिजसँगै मृग पालन पनि सुरु गर्ने उनीहरुको योजना छ । क्याटेगोरी : अर्थ ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार चौतारा, बाह्रबिसे, खाडिचौरलगायत क्षेत्रमा आज ७ घण्टा बती जाने फेरि बन्द हुने भयाे ताताेपानी नाका १२ दिनमा ७७० सवारी साधन कारवाहीमा कोरियाली भाषा परीक्षाको टुङ्गो नलाग्दा हजाराैं युवा अलमलमा धेरै पढिएका १खुकुरी हान्ने बाह्रबिसेका ४ जना पक्राउ २यो समीकरणले देखाउँछ–सिन्धुपाल्चोकमा नेकपा प्रचण्ड–नेपाल समूह बलियो ३उपप्रधानमन्त्री र खेलकुद मन्त्रीलाई कालाे झण्डा देखाईयाे ४चाइनीज नागरिक कुट्ने बुद्धि पक्राउ ५फेरि बन्द हुने भयाे ताताेपानी नाका ६दुवै पक्षका नेकपा सिन्धुकाे पदबाट हटाउने-राख्ने हाेड,केपी पक्षकाे संयाेजकमा देउजा ७ह्योल्मो भूमि हेलम्बुमा लोभलाग्दो हिमाल (फोटोफिचर) ८काँग्रेस सभापति देउवा बाह्रबिसे आउँदै