भ्रमण वर्ष लक्षित भोटेकोसी–तातोपानी महोत्सव

तातोपानी, ८ माघ ।
भ्रमण वर्ष २०२० सफल बनाउन भोटेकोसी गाउँपालिकाले भोटेकोसी तातोपनी महोत्सव गर्ने भएको छ । सरकारले २०२० लाई भ्रमण वर्ष घोषणा गरेसँगै भोटेकोसी गाउँपालिकाले पर्यटन भित्राउने लक्ष्य सहित भोटेकोसी तातोपानी महोत्सव गर्न लागेको हो ।
नेपालको उत्तरी नाका नेपाल चीन सीमामा पर्ने भोटेकोसी गाउँपालिकास्थित तातोपानीलाई नेपाल सरकारले घुम्न पर्ने उत्कृष्ट गन्तब्यको सूचीमासमेत राखेको छ । आन्तरिक तथा बाह्य पर्यटकको भ्रमण गन्तव्य भएपनि यस क्षेत्रको पर्यटकीय गन्तव्यको पहिचान र प्रर्वद्धनको लागि महोत्सव गर्न लागिएको भोटेकोसी गाउँपालिकाका अध्यक्ष राजकुमार पौड्ेलले बताए । गाउँपालिकाले स्थानीय संघसस्थासँग परामर्श गर्दै चैत १५, १६ र १७ मा तीन दिवशीय भव्य कार्यक्रम गर्न लागेको हो ।
भोटेकोसी गाउँपालिकामा रहेको ऐतिहासिक दुगुनागढी, लिस्तीमाई मन्दिर, बन्जीजम्प, ७ सय वर्ष पुरानो मानव खप्पर रहेको गुम्बा, नेपाल चीन सीमामा पर्ने रमण्ीाय झरना तथा ऐतिहासिक गुम्बा भैरवकुण्ड लगायतको स्थानमा पर्यटकहरुले भ्रमण गर्न सकिने अध्यक्ष पौडेलले बताए । गाउँपालिकाले गर्न लागेको महोत्सवमा सिन्धुपाल्चोक उद्योग बाणिज्य संघले समेत सहभागिता जनाएर भ्रमण वर्ष सफल बनाउन लागि पर्ने उद्योग बाणिज्य संघ सिन्धुपाल्चोकका अध्यक्ष बेदबहादुर श्रेष्ठले बताए । उनले कार्यक्रममा तथा घुम्न आउने पर्यटकहरुलाई स्थानीय स्तरमा उत्पादन हुने विभिन्न सामाग्री र सांस्कृतिक सभ्यताले लोभ्याउन सकिने गरि महोत्सव गर्नु पर्ने बताए ।
क्याटेगोरी : अर्थ, पर्यटन
ट्याग : #breaking
तपाईको प्रतिक्रिया दिनुहोस