बुधबार, असोज १७, २०८०
गृहपृष्ठअर्थआहा ! यस्तो पो हो बिद्यालय

आहा ! यस्तो पो हो बिद्यालय


चित्र मिजार
बराम्ची, ७ माघ ।
अघिल्लोतिर जुगल हिमाल, सो हिमालको मनोरम दृश्य, दायाँपट्टि कलकल बग्दै गरेको ब्रमायाणी नदी, वरपर हरियाली र सुन्दर डाँडा र पहाड । आसपास हरियाली जङगल र बोटबिरुवा । हो यस्तै मनोमहक क्षेत्रमा सुन्दर र आलिशान महल बनेको छ रत्न राज्य माध्यमिक बिद्यालय ।
सिन्धुपाल्चोकको अति बिकट कर्णाली उपमा पाएको जुगल गाउँपालिका ५ चनौटेमा औधी सुन्दर र आलिशान बिद्यालय भवन बनेको छ । २०७२ बैशाख १२ गतेको बिनाशकारी भूकम्पले पूर्ण रुपमा बिद्यालय भवन ध्वस्त बनाएपछि पाँच बर्षपछि रत्न राज्य माध्यमिक बिद्यालय महल जस्तो बनेको हो । सो वडाका अध्यक्ष सनत अधिकारीका अनुसार भूकम्पपछि जस्ता र त्रिपालको ओतमूनि बसेर अधययन गर्न बाध्य बिद्यार्थीले अबदेखि आलिशान महल जस्तो भवनमा पढ्न पाउने भएका छन् । ४५० बिद्यार्थी रहेको सो बिद्यालयले अत्याधुनिक भवनमा छिटै अध्ययनअध्यापन गर्ने भएको छ ।
जिल्ला शिक्षा कार्यालयका अनुसार भूकम्पपछि सिन्धुपाल्चोकमा ४२२ वटा बिद्यालय पुननिमार्ण भएको छ तर रत्नराज्य माबि जस्तो बिद्यालय कुनै पनि बनेका छैनन् । भौतिक पूर्वाधार र संरचनाको हिसाबले मुलुक मै सबैभन्दा ठूलो र अत्याधुनिक तीन वटा भव्य भवन निमार्ण भएका छन् । उक्त भवनहरुमा १३७ वटा कक्षा कोठा रहेका छन् । २१ वटा कक्षा कोठा शिक्षण क्रियाकला्पको लागि छुटाइएको छ । प्रत्येक तलामा छात्रछात्राको लागि बेग्लाबेग्लै खानेपानीको धारा र शौचालय निमार्ण गरिएको छ । शिक्षकको लागि एट्यच बाथरुम सहितको कोठा बनेका छन् । जाडो र गर्मीयाममा बिद्यार्थीका लागि तातोपानी र चिसो पानीको ब्यबस्था मिलाइएको छ । प्रत्येक कक्षाकोठामा मार्वल बिच्छाइएको छ । प्रत्येक बिद्यार्थीका लागि अलगअलग डेस्कबेन्च र आकर्षक फर्निचरको ब्यबस्था गरिएको छ । बेन्चमा नै किताब, कापी राख्ने सुबिधा र लकर बनाइएको छ । कक्षाकोठाको सबैभन्दा अगाडि सेतोपाटी र पोडियमको ब्यबस्था गरिएको छ । प्रशासन कक्ष, अडिटीरीय, पुस्तकालय, कम्प्युटर ल्याब, बिज्ञान प्रयोगशाला, तालिम हलको छुट्टाछुट्टै ३६ कोठा बनाइएको छ । कम्प्युटर कक्षमा ५२ वटा कम्प्युटर राखिएका छन् । ६३० बिद्यार्थी बस्न सक्ने क्षमताको होस्टेल बनाइएको छ । होस्टलमा शिक्षक बिद्यार्थीका लागि ८० कोठा बनाइएका छन् । छात्रछात्रा र शिक्षक बस्ने छुट्टाछुट्टै कोठा निामार्ण गरिएको छ । भवनको प्रत्येक कोठामा प्रयाप्त बिजुलीबत्ती जडान गरिएको छ । बिजुली पोलमा आवाज पद्धति जडित गरिएको छ ।

प्रत्येक कोठा र चमेनागृह र पहराघरमा साउण्ड सिस्टमको पहुँच जोडिएको छ । भवनको बाहिरी बाताबरणको लागि अलग्गै शौचालय निमार्ण गरिएको छ । बिद्यालयका फोहोर नष्ट गर्नको लागि मेसिनरी औजार छन् । प्रत्येक कोठामा अक्सिजन वारपार गर्नका लागि पाइप जडान गरिएको छ । खानेपानीको लागि तीन वटा ठूला खानेपानी टयांकी निमार्ण गरिएको छ । बिद्यालय भवनमा आगजानी भए तुरुन्तै निभाउन सक्ने ग्याँस र उपकरणको प्रबन्ध मिलाइएको छ । फुटसल कोर्ट, भलिबल कोर्ट, टेबलटेनिस कोर्ट, कृत्रिम घाँसे मैदान निमार्ण गरिएको छ । सो बिद्यालयको अध्यक्ष समेत रहेका वडा अध्यक्ष अधिकारीले चीन सरकारको एक अर्ब रुपियाँ आर्थिक सहयोगमा सो बिद्यालय निमार्ण भएको हो । अध्यक्ष अधिकारीले सन २०१७ डिसेम्बर १० बाट निमार्ण सम्झौता भई सन २०१९ डिसेम्बर १९ मा चीनियाँ प्राविधिक र चीनियाँ कामदारले बिद्यालय भवन निमार्ण सम्पन्न गरेका थिए ।
वडा अध्यक्ष सनत अधिकारीले पूर्व प्रधानमन्त्री गिरिजा प्रसाद कोइराला चीन भ्रमण गएको बेला चीनले नेपालको हिमाली क्षेत्रमा १० वटा बिद्यालय भवन बनाईदिने हस्तक्षर भएको थियो । सोही अनुसार चनौटेबासी र बिद्यालयले भवन निमार्णका लागि खाजा खर्च कटाएर ६० हजार रकम जम्मा गरि बिद्यालय प्रस्तावाना बनाएको थियो । बिद्यालय र स्थानीय शिक्षाप्रेमीले सन २०१४ मा शिक्षा मन्त्रालय र परराष्ट्र मन्त्रालय मार्फत तत्कालीन शिक्षा बिभागका महानिर्देशक डिल्ली रिमाललाई बिद्यालय निमार्णका पहलकदमी गर्न आग्रह गरेका थिए । सोही आग्रह अनुसार रिमालले चीन सरकारलाई सिफारिश गरिदिनु भएको थियो । सन २०१७ मा मा शिक्षा बिभागका तत्कालीन डाइरेक्टर बाबुराम पौडेलका कार्यकालमा चीन सरकारसंग बिद्यालय निमार्ण सम्झौता भएको थियो । सोही अनुरुप सिन्धुपालचोकको चनौटे र लमजुङ जिल्लाको भैरव माबिका अत्याधुनिक बिद्यालय भवन बनेका हुन् । अरु ८ वटा भवन बन्न बाँकी रहेको छ । केही दिन अघि राष्टपति बिद्यादेवी भण्डारीले सो बिद्यालय भवनको उद्धघाटन गर्ने कार्यक्रम रहेको थियो तर खराब मौसमका कारण उद्धघाटन हुन नसकेपछि केही हप्तामा उद्धघाटन गर्ने कार्यक्रय तय हुने भएको छ । तर चीनियाँ पक्ष भने वडा अध्यक्ष अधिकारीलाई बिद्यालय भवन निमार्ण सम्पन्न भएको भन्दै भवनको चाबी बुझाएर चीन र्फकेको छ ।
जुगल गाउँपालिका ५ र सो आसपासका क्षेत्र लेक हो । यो क्षेत्र आर्थिक, सामाजिक र शैक्षिक रुपमा निकै पिछडिएको क्षेत्र हो । उक्त ठाँउका अधिकांश स्थानीय चौंरीपालान गनेृ गर्छन । चौंरीपालान ब्यबसायमा सो स्थानका स्थानीय हिउँदमा बेसी झर्ने र बर्षायाममा लेक उक्लने अभिभावकले आपना बालबालिका पनि संगै लेक लैजाने गर्ने गरेका छन् । सो अबस्थाका बालबालिकालाई बिद्यालयमा आवशिय शिक्षा दिने बिद्यालयको योजना रहेको छ । अभिभावकबिहिन बालबालिकालाई पनि आवशिय शिक्षा दिने बिद्यालयको योजना रहेको छ । बिद्यालय बाहिर रहेका बालबालिकालाई सो बिद्यालयले पढाउने भएको छ । आधुनिक कृषिप्रणालीको शिक्षण गरिने सो बिद्यालयले जनाएको छ ।


क्याटेगोरी : अर्थ
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!