मेलम्चीमा जल पर्यटनका लागि छलफल

मेलम्ची, ५ पुस ।
सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाले जल पर्यटनका लागि छलफल थालेको छ । नगरपालिकाले जल पर्यटनका लागि इन्द्रावती नदीमा बाँध बाध्ने योजना बनाएको हो । नगरपालिकाको वडा नम्बर १० र १२ नम्बर क्षेत्रमा बाँध बाध्नेबारे सरोकारवाला निकायसँग छलफल समेत गरिसकेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुमार कोइरालाले जानकारी दिए ।
प्रदेश सांसद, जिल्ला समन्वय समिति प्रमुख, नगरपालिकाका जनप्रतिनिधि, राजनीतिक पार्टीका प्रतिनिधि र स्थानीयबीच पहिलो चरणको छलफल भएको हो । नगरपालिकाले बाहुनेपाटी क्षेत्रमा बाँध बाधेर दीर्घकालिन जल पर्यटन प्रवद्र्धन गर्ने योजना बनाएको छ । नगरपालिकाले २० मिटर अग्लो बाँध बाधेर बोटिङ सञ्चालन र माछा पालन गर्ने योजना बनाएको छ । भू–गर्वविद् र जलस्रोतविद्सँग अर्को चरणको छलफल गरेर विस्तृत आयोजना प्रतिवेदन तयार गरिने प्रमुख प्रशासकीय अधिकृत कोइरालाले बताए ।
क्याटेगोरी : अर्थ, पर्यटन
ट्याग : #breaking
तपाईको प्रतिक्रिया दिनुहोस