शनिबार, असोज ६, २०८०
गृहपृष्ठअर्थबाह्रविसेमा भत्काइए घर टहरा

बाह्रविसेमा भत्काइए घर टहरा


बाह्रविसे, ३ माघ ।
बाह्रविसे बजारमा सडक अतिक्रमण गरि बनाइएका घर टहरा भत्काइएको छ । बाह्रविसे नगरपालिकाले डोजरको प्रयोग गरेर अतिक्रमण गरेर बनाएका बजारका घर टहरा आज भत्काएको हो ।
यसअघि भत्काउनु भन्ने पटक पटक सार्वजनिक सूचना जारी गर्दासमेत स्थानीलय घर टहरा हटाएका थिएनन् । अहिले नगरपालिकाका प्रमुखसहित जनप्रतिनिधि, कर्मचारी, प्रहरीको उपस्थितिमा घर टहरा भत्काइएको हो ।
सडक अतिक्रमण गरेर टहरा बनाएका कारण दुर्घटना निम्तिने भएपछि नगरपालिकाले यस्तो पहलकदमी लिएको हो । बजार कुरुप देखिने र सडक साँघुरो हुँदा दुर्घटना हुन सक्ने सम्भावित भएकाले अतिक्रमण गरेर बनाइएका घर टहरा हटाइएको नगरपालिकाका प्रमुख निमफुञ्जो शेर्पाले जानकारी दिए ।
बाह्रविसे प्र्राथमिक स्वास्थ्य केन्द्रबाट नगरपालिकाले घर टहरा भत्काउन थालेको थियो । डोजर चलाउन थालेसँगै जाम हुने भएपछि ट्राफिक प्रहरी सडक खुलाईरहेका थिए । सडक फराकिलो बनाउँदा जाम नहुने र दुर्घटना न्यूनीकरणमा सहयोग हुने जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव निरीक्षक राजेशकुमार दाहालले बताए । बजार क्षेत्र साँघुरो हुँदा जामको समस्या भएको उनको भनाई छ ।


क्याटेगोरी : अर्थ
ट्याग : #banner

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!