Techie IT
Friday, October 30,2020 / बिहीबार, कात्तिक १३, २०७७
×
गृहपृष्ठअर्थवेपत्ता नेपालीको घर बनाउने जिम्मा नगरपालिकाले लियो

वेपत्ता नेपालीको घर बनाउने जिम्मा नगरपालिकाले लियो


लक्ष्मण विष्ट, मेलम्ची, २ पुस ।

विगत दुई वर्ष देखि वेपत्ता मेलम्ची नगरपालिका वडा नं ११ अम्फे चौरका नारायण नेपालीको घर बनाउने जिम्मा २२ औं भकम्प सुरक्षा दिवसको अवसरमा मेलम्ची नगरपालिकाले लिएको छ ।

विहिवार मेलम्ची नगरपालिकाको आयोजनामा भकम्प सुरक्षा दिवसलाई लक्षित गरी प्रभातफेरी कार्यक्रम सञ्चालनको अवसरमा जाइकाको डकर्मी सहयोगमा उक्त घर बनाउन लागिएको हो ।

उक्त घरको सिलान्यास गर्दै विपन्न, असाहय भूकम्प प्रभावित नागरीक नेपालीको निजि आवास निर्माणार्थ आर्थिक तथा प्राविधिक सहयोग नगरले नै गर्ने प्रमुख डम्बर अर्यालले बताए । घर निर्माणमा श्री नं २ जगदल गण, इलाका प्रहरी कार्यालय, शशस्त्र प्रहरीबल सुरक्षा बेश क्याम्प मेलम्ची, स्थानिय जनप्रतिनिधिहरु र विभिन्न संघसंस्थाका प्रतिनिधिहरुले श्रमदान गरेको हो ।

विपत्ता नेपालीको परीवार विहान बेलुकी छाक टार्नकोलागि समेत मुस्कील परिरहेको बेलामा घर बन्न आटेकोमा श्रीमती रमा नेपालीले आँखाभरी आँसु पारेर खुसी व्यक्त गरिन ।  दुई छोरी र एक छोरा गरी तिन सन्तान भएको रमाकी श्रीमान भने दुई वर्ष देखि बेपत्ता छन् । नागरिकता समेत बनाउन नसकेकी रमाले सोही वडाका अध्यक्ष रुद्र प्रसाद दुलालले बनाई दिएको र घर निर्माणमा नगरलाई अपिल गरेकोमा खुसी व्यक्त गरिन ।


क्याटेगोरी : अर्थ
ट्याग : #banner


तपाईको प्रतिक्रिया दिनुहोस