सुख्खा पहिरोले भैरवकुण्ड हाईड्रोपावरको ड्याममा क्षति

लार्चा, २९ पुस ।
सुख्खा पहिरोका कारण सिन्धुपाल्चोक भोटेकोसी गा।पा। वडा नम्बर २ कलासे स्थित भैरव कुण्ड लार्चाखोलामा निर्माणाधीन रहेको भैरव कुण्ड हाईड्रो पावर कम्पनीको ड्याम साईडमा क्षति पुगेको छ । जिल्ला प्रहरी कार्यलय सिन्धुपाल्चोककां सूचना अधिकारी( डिएसपी माधव प्रसाद काफ्लेका अनुसार गएराति साढे सात बजेको समयमा २५० मिटर लम्बाई र १५० मिटर चौडाईको सुख्खा पहिरो गएकोे हो ।
सुख्खा पहिरोले हाईड्रोपावर कम्पनीको अफिस, ड्याम र सोही हाईड्रो पावरको १ वटा स्काभेटर समेत पुरिएको छ । खोला केही भाग मात्र थुनिएपनि मानवीय तथा चौपाया क्षती नभएको प्रहरीले जनाएको छ । थुनीएको ठाउबाट अंन्दाजि १ कि.मि. दुरीमा बस्ती रहेकोले सो बस्तीको मानिसहरुलाई घटनाको सम्बन्धमा सचेत गराईएको छ ।
क्याटेगोरी : अर्थ
ट्याग : #breaking
तपाईको प्रतिक्रिया दिनुहोस