बिहीबार, मंसीर २३, २०७८
गृहपृष्ठअर्थब्ल्याक हर्षले दियो नेत्रविहीन एक युवालाई चार लाख ३८ हजार

ब्ल्याक हर्षले दियो नेत्रविहीन एक युवालाई चार लाख ३८ हजार


काठमाडौं, २६ पुस ।

ब्ल्याक हर्ष सुजको तर्फबाट दृष्टिविहीन एक युवालाई आर्थिक सहयोग गरिएको छ । कम्पनीका अध्यक्ष चीनबहादुर श्रेष्ठको अगुवाईमा संकलन गरिएको चार लाख ३८ हजार रुपैयाँ सिन्धुपाल्चोक तातोपानीका सेते शेर्पालाई प्रदान गरिएको हो ।

बिजी मल काठमाडौका अध्यक्ष बाशु गिरी र सिन्धुपाल्चोक उद्योग बाणिज्य संघका अध्यक्ष बेदबहादुर श्रेष्ठले शेर्पालाई सहयोगको चेक हस्तान्तरण गरेका थिए । सिन्धुपाल्चोक तातोपानीका शेर्पा बैदेशिक रोजगारको शिलशिलामा दुवई गएकै बेला आँखा बिरामी भएर फर्किएका थिए । नेपालका बिभिन्न अस्पतालमा उपचार गरेपनि सन्चो नभएको र दुवै अाँखा गुमेपछि सहाराविहीन भएका थिए ।

सेतेका बुवा पनि मुटु बिरामी छन् । बाबु छोराकै उपचारमा पनि लार्खौ रुपैयाँ सकिएपछि उनीहरु खर्चबिहिन भएका थिए । शेर्पाको परिवारको आर्थिक अवस्था कमजोर देखेपछि ब्ल्याक हर्ष सुजका अध्यक्षको अगुवाईमा देउसी भैलो खेलेर केही रकम जम्मा गरिएको थियो । त्यसका साथै बिभिन्न दाताले पनि केही रकम शेर्पाको नाममा सहयोग गरेको सिन्धुपाल्चोक उद्योग बाणिज्य संघकबा अध्यक्ष बेदबहादुर श्रेष्ठले बताए । सहयोग पाएपछि शेर्पाले दातालाई धन्यवाद पनि दिएका थिए ।


क्याटेगोरी : अर्थ
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!