गृहपृष्ठ ∕ अर्थ ∕ संकलन केन्द्रले तरकारी बेच्न सहज संकलन केन्द्रले तरकारी बेच्न सहज Sindhu Khabar पुस २०, २०७६ गते १२:३७ मा प्रकाशित कल्पना श्रेष्ठ चौतारा, २० पुस । पछिल्लो दश वर्षको तथ्याङ्क हेर्दा नेपालमा तरकारी खेती र उत्पादनको दर बढेको छ । गतवर्ष २ लाख ८६ हजार ८ सय ६४ हेक्टर जग्गामा तरकारी खेती भएको र ३९ लाख ५८ हजार २ सय ३० मेट्रिक्टन उत्पादन भएको कृषि मन्त्रालयको तथ्याङ्क छ । तथ्याङ्क मात्रै बढेको छैन, तरकारी खेति गर्ने किसानको आम्दानी पनि बढेको छ । जिल्लामा स्थानीय सरकारहरुले व्यावसायिक तरकारी खेती गर्ने किसानका लागि प्राविधिक र आर्थिक सहयोग गर्दै आएका छन् । पछिल्लो समय धेरै जिल्लामा विषादीरहित तरकारी खेतीमा किसानको आकर्षण बढेको छ । गाउँ गाउँमा खुलेका संकलन केन्द्रका कारण तरकारी बेच्न बजार भौतारिनुपर्ने बाध्यताबाट किसानलाई छुटकारा मिलेको छ । चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर ५ छापका हिरामाया श्रेष्ठले बारीमा साग, लसुन, गोलभेंडा, धनियाँ लगायतका तरकारी लगाएकी छिन् । उनी हरेक दिन बिहान तरकारी बोकेर गाउँमै खुलेको तरकारी संकलन केन्द्रमा आउँछिन् । र, फर्कंदा थैलीभरी पैसा लिएर फर्किनेगर्छिन् । एक घर एक टनेल अभियान चलेपछि छापमा ८० प्रतिशत भन्दा बढि टनेल बनेका छन् । टनेलमा उत्पादन हुने तरकारीमा प्राङगारीक मल प्रयोग गरिन्छ । यसरी उत्पादन भएको तरकारी संकलन केन्द्रमा जम्मा गरेर बजारिकरण हुँदै आएको छ । संकलन केन्द्रका अध्यक्ष दुर्गामाया श्रेष्ठ संकलन केन्द्रले किसानहरुलाई सजिलो भएको बताए । गाउँमा फलेका तरकारी विषादीरहित भएकै कारण बजारमा माग धेरै छ । छापले मात्रै माग धान्न नसकेपछि इर्खु लगायत आसपासका गाउँबाट पनि संकलन केन्द्रमा तरकारी ल्याउने गरिएको वडा न ५ का सदस्य कोमलबहादुर श्रेष्ठले बताए । तरकारी संकलन केन्द्र खुलेपछि व्यवसायिक तरकारी खेतिमा लाग्ने किसानको सङ्ख्या पनि बढेको छ । तरकारी फलाएर राम्रो आम्दानी हुने भएपछि किसान खुशी भएका छन् । क्याटेगोरी : अर्थ, समाचार ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार साख फर्काउँदै तातोपानी भन्सार, कन्टेनर हुक एण्ड ड्रप मोडलले बढायो… चुनाव तयारीमा हाेमियाे निर्वाचन कार्यालय खेलकुद मन्त्री तामाङलाई गृह जिल्लामा अवराेध मेलम्चीकी थापा सेनामा प्रतिविद्राेह तथा जंगल युद्धकलाकाे तालिम गर्ने पहिलाे… धेरै पढिएका १खुकुरी हान्ने बाह्रबिसेका ४ जना पक्राउ २मोटरसाइकलसहित लिसंखु र तौथलीका दुई चोर पक्राउ ३यो समीकरणले देखाउँछ–सिन्धुपाल्चोकमा नेकपा प्रचण्ड–नेपाल समूह बलियो ४चाेरीका माेटरसाईकल नियन्त्रणमा सिन्धु प्रहरीकाे सक्रियता ५उपप्रधानमन्त्री र खेलकुद मन्त्रीलाई कालाे झण्डा देखाईयाे ६चाइनीज नागरिक कुट्ने बुद्धि पक्राउ ७नेकपा फुटको असर सिन्धुका पत्रकारमा पनि, को कता ? ८महिनाकै सर्वोत्कृष्ट प्रदेश प्रहरीमा बाह्रबिसेका इन्स्पेक्टर शाह