गृहपृष्ठ ∕ अर्थ ∕ भ्रमण वर्ष : बञ्जी, र्याफ्टिङसहित होटलमा ३० प्रतिशत छुट भ्रमण वर्ष : बञ्जी, र्याफ्टिङसहित होटलमा ३० प्रतिशत छुट Sindhu Khabar पुस १५, २०७६ गते २०:५० मा प्रकाशित चौतारा, १५ पुस । नेपाल भ्रमण वर्ष २०२० लक्षित गरि सिन्धुपाल्चोकका होटल, रिसोर्टहरुमा आउने पर्यटकलाई ३० प्रतिशत छुट दिइने भएको छ । १ डिसेम्बर २०२० देखि ७ डिसेम्बरसम्म जिल्लाका होटल तथा रिसोर्टमा उपलब्ध सबै सेवाहरुमा छुट दिइने भएको हो । सिन्धुपाल्चोकमा धेरै पर्यटक भित्र्याइ नेपाल भ्रमण वर्ष सफल बनाउनका लागि आन्तरिक तथा बाह्य पर्यटकलाई छुट दिइने निर्णय गरिएको छ । होटलमा खाना, आवासका साथै विभिन्न एड्भेन्चरमासमेत छुट दिइने निर्णय गरिएको जिल्ला स्तरीय भ्रमण वर्ष सचिवालयका संयोजक एवम जिल्ला समन्वय समितिका प्रमुख कृष्णगोपाल तामाङले जानकारी दिए । साताअघि होटल व्यवसायीहरुसँग गरिएको वैठकमा व्यवसायीहरु नै छुटप्रति उत्साही भएका थिए । सचिवालयका संयोजक कृष्णगोपालका अनुसार व्यवसायीहरु होटलमा मात्रै नभई जिल्लामा रहेका पर्यटकीय साहसिक खेलहरु, बञ्जीजम्प,¥याफिटिङ, कायाकिङ, तातोपानी स्नान लगायतमा पनि पर्यटकहरुले छुटको सुविधा पाउनेछन् । पर्यटक आकर्षित गर्नका लागि अरनिको राजमार्गमा रहेका रिसोर्टहरुमा साता दिन सम्मका लागि साँस्कृतिक कार्यक्रमसमेत राखिने छ । राजमार्गअन्तर्गत् रहेका रिसोर्टहरु मध्ये एक दिनमा एउटा रिसोर्टमा कार्यक्रम हुनेछ । सो साँस्कृतिक कार्यक्रममा जिल्लामा रहेका विभिन्न जातजातिको संस्कृति झल्कने मौलिक प्रस्तुति रहने होट व्यवसायीहरुले जनाएका छन् । क्याटेगोरी : अर्थ, पर्यटन ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार आफ्नै भवनमा उद्योग बाणिज्य संघ चाैतारा शाखा पानी पठाएर गरियो मेलम्चीको सुरुङ परीक्षण अबरुद्ध सुनकोशी पुल निर्माण कार्य तत्काल सुचारु गर्न दबाब भाेलि मेलम्ची सुरूङमा पानी हालेर परीक्षण गरिदैं धेरै पढिएका १खुकुरी हान्ने बाह्रबिसेका ४ जना पक्राउ २क्रसरका संञ्चालकले मार्ने योजना बनाएको भन्दै वडाध्यक्षले सुरक्षाकर्मी गुहारे ३मोटरसाइकलसहित लिसंखु र तौथलीका दुई चोर पक्राउ ४सामुहिक बलात्कारमा संलग्न जुगलका कैलाश पक्राउ ५काँग्रेस क्षेत्रीय सचिव वासुमाथि सांघातिक आक्रमण ६चाेरीका माेटरसाईकल नियन्त्रणमा सिन्धु प्रहरीकाे सक्रियता ७यो समीकरणले देखाउँछ–सिन्धुपाल्चोकमा नेकपा प्रचण्ड–नेपाल समूह बलियो ८उपप्रधानमन्त्री र खेलकुद मन्त्रीलाई कालाे झण्डा देखाईयाे