शनिबार, असोज ६, २०८०
गृहपृष्ठअर्थभोटेकोशीको उत्पादन सुरु

भोटेकोशीको उत्पादन सुरु


तातोपानी, ९ पुस  ।

४५ मेगावाट क्षमताको भोटेकोशी पावर कम्पनीले व्यावसायीक रुपमा नै विद्युत उत्पादन सुरु गरेको छ । प्राकृतिक विपत्तीबाट क्षतीग्रस्त भोटेकोशी जलविद्युत् आयोजनाले दुय साता अघि पुननिर्माण सम्पन्न गरेर परिक्षण प्रशारण सुरु गरेको थियो । दुइ साताको सफल परिक्षण प्रशारणपछि व्यावसायीक रुपमा विद्युत उत्पादन सुरु गरिएको भोटेकोशी जलविद्युत आयोजनाका महाप्रबन्धक विक्रम स्थापितले जानकारी दिनुभयो । परिक्षण उत्पादनमा कुनै समस्या नदेखिएको स्थापितले जानकारी दिए ।

स्थापितका अनुसार नदीमा पानीको वहाब  बढीमा २५ र घटीमा २२ मेगावाटसम्म दैनिक विद्युत उत्पादन भइरहेको छ ।

विद्युत उत्पादन सुरु भएपछि १५ दिन परिक्षण प्रशरण गर्नुपर्ने प्रँधिकरणको नियमअनुसार भोटेकोशीले १५ दिन परिक्षण प्रशारण गरेको र उत्पादित विद्युत नेपाल विद्युत प्राधिकरणको लामोसाँघुमा रहेको राष्ट्रिय ग्रिडमा जोडिएको आयोजनाले जानकारी दिएको छ ।

पटक पटकको प्राकृतिक विपत्तीबाट भोटेकोशी आयोजना लगभग पुर्ण रुपमा क्षतिग्रस्त भएको थियो । जुरे पहिरो भुकम्पबाट आयोजनामा केही क्षीत भएपनि २०७३ असार ११ गते भोटेकोशी नदीमा आएको भिषण बाढीले आयोजनाको ड्याम क्षेत्रमा पुर्णतय क्षती भएको थियो ।

भोटेकोशी जलविद्युत आयोजनाले क्षतिग्रस्त आयोजनाको पुननिर्माणको जिम्मा चिनियाँ सिनो हाइड्रोलाई दिएको थियो । फास्ट ट्रयाकमा निर्माण सम्पन्न गर्ने गरी आयोजनाले कामको जिम्मा दिए अनुसार सीनो हाइड्रोले समयमा नै काम सम्पन्न गरेको आयोजनाले जानकारी दिएको छ ।

आयोजना पुननिर्माणका लागि सात अरब खर्च भएको महाप्रबन्धक स्थापितले जानकारी दिए ।

भुकम्पमा अन्य संरचनामा मात्रै क्षती भएपनि बाढीले भने ड्याम र बालुवा थेग्राउने पर्खाल ध्वस्त बनाएको आयोजनाले जानकारी दिएको छ । पाँच वर्षदेखि आयोजना बन्द हुँदा बार्षिक अरबौ रुपियाँ नोक्सानी भएको आयोजनाले जानकारी दिएको छ ।


क्याटेगोरी : अर्थ
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!