बुधबार, असोज १७, २०८०
गृहपृष्ठअर्थठडियो माझीको नमुना एकिकृत बस्ती

ठडियो माझीको नमुना एकिकृत बस्ती


अनिश तिवारी, साँगाचोक, ६ पुस ।
अविरल इन्द्रावतीसँगै झ्याडीखोला छेउ एक लहरमा रंगिलो चिटिक्क सामुहिक घर देखिन्छन् । फिक्का रातो र सेतो रङले पोतिएको एकै लयबद्ध आवास हेर्दा कुनै भव्य नगरीजस्तो प्रतित हुन्छ । चौतारा सागाचोकगढी नगरपालिका वडा १४ ,झ्याडीटोलको घना जंगलबीच एउटा भव्य नगरजस्तै देखिने बस्ती पुग्दा जोकोही चकित पर्छन् । श्वेता फाउण्डेशनको समन्वयमा माझी परिवार एक भएर ठड्याइएको ५३ घरधुरीमा पुग्ने जोकोहीलाई फुलमालासहित माझी भाषामै स्वागत आइहाल्छ,‘ताहरुलाई नगर स्वागत आछु ’ अर्थात् ‘तपाईहरुलाई माझी नगरीमा स्वागत छ ।’ सत्ययुगमा स्वर्गका राजा देवराज इन्द्रले तपस्या गरेको मानिने बगरे ढिस्कोछेउ बसेको माझीको झ्याडी टोलको बस्ती ०७२ भुकम्पले ध्वस्त बनायो । एक वृद्धासहित दर्जनौ घाइते भए । तीन वर्ष थोत्रो टहरामा रातदिन बिताएका माझी परिवारले चारवर्षपछि एकिकृत बस्ती पाएलगत्तै हर्षित र जा“गरिला बनेका छन् ।
चौतारा सागाचोकगढी नगर वडा १४ की माझीगाउकी मैया माझीलाई बस्ती देख्दा सपनाजस्तै लाग्छ । ‘अभिनेत्री श्वेता म्याड्मले सपना देखाउनुभयो, हामी लाग्यौ, जे भएपनि यो बस्ती ठडियो, सबै खुशी नै छौ,’उनले बस्तीको लस्कर एकैसाथ देखाएर भनिन् । पुरानो घरकोजस्तो परम्परागत बुइगल र सबै मिलेको नभएपनि भुकम्पप्रतिरोधी घर पाएकोले रहेको उनले सुनाइन् ।
२८ रोपनी क्षेत्रफलमा बसाइएको बस्तीमा तीन आनामा एक घर बनेको छ । घरपिच्छै परिवारअनुरुप तीन कोठा र एक शौचालय छन् । ‘परम्परागत माटो ढुंगाको जत्तिकै न्यानो त कह“ा हुन्थ्यो र तर, आर्कषक बनेपछि माझी परिवार एकदमै दंग देखिएका छन्,’उनले भनिन् ।
अभिनेत्री श्वेता खड्काले दिवंगत पति श्री कृष्ण श्रेष्ठको सम्झनामा श्वेता श्री फाउण्डेशनबाट नमुना बस्ती बनाउने घोषणा गरेकी थिइन् । २०७४ जेठ १५ बाट श्वेता श्री फाउण्डेशनको अगुवाइमा स्थानीय माझीकै समितिबाट थालिएको एकिकृत बस्ती निर्माण आवास अनुदान,सडक अवरोधलगायतका समस्याले लामो समय अलमलियो । नायिक खड्काबाट ४० लाख र उक्त फाउण्डेशनको २३ लाख रकम भने उपभोक्त समितिले फिर्ता गर्ने शर्तमा चालु पूजीको रुपमा परिचालन गरेको फाउण्डेशनका प्राविधिक निराजन सापकोटाले बताए । ‘पैशा अभावले फाउण्डेशन र खड्काबाट ६३ लाखको चालु पुजी ल्याएको हो,’उनले भने ।
आहिले बालबगैचा,सामुदायिक भवन,वाटर फाउण्टेन,स्वास्थ्य चौकीलगायचका संरचना बनाइ“दैछ । ‘दा“याबाया पर्खाल र सडक निर्माणको काम भइरहेको छ ,बनिसकेको बस्ती बीचबाट धमाधम कच्ची सडक छिचोलि“दैछ, ’ झ्याडी टोल सुधार समिति अध्यक्ष दिनेश माझीले भने । उनकानअनुसार कोही दशैको फुलपाती दिन नय“ा घर सरेका छन् ,कोही घरको भित्रि संरचना सक्ने पर्खाइमा छन् । दुई घरबाहेक अन्यको भित्रि संरचना सबै सकिसकेको छ ।
सरकारको बजेट चलाइसकपछि अन्य संस्थाको पैसा चलाउन नपाइने मापदण्ड आएकाले उक्त रकम फिर्ता गर्ने गरी तत्कालका लागि प्रयोग गरिएको हो । यह“ाको उपभोक्त समितिले प्रत्येक घर बनाउने जिम्मा लिएको थियो । जसमा केही गाउ“लेले काम गरिरहेका छन् । माटो ढुंगाको घर मनपराएपनि आहिलेको नय“ा घर सुरक्षित हुने माझी परिवारको बुझाइ छ ।

कान्तिपुरबाट


क्याटेगोरी : अर्थ
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!