विकासमा सडकलाई प्राथमिकता

चौतारा, ३ पुस ।
अहिले सिन्धुपाल्चोकको स्थानीय सरकार गाउँघरमा सडक संञ्जाल जोड्ने कामकै हतारोमा छन् । तीन नगर र नौ गाउँपालिकाका जनप्रतिनिधिलाई विकासे गतिविधि नाममा ठूलो बजेट खर्चेर सडक मर्मत र निर्माणकै हतारो छ ।
पुनर्निर्माणलाई सघाउन र विकास गति बढाउन योजनापिच्छै सडक मर्मत र निर्माण चरम बनाएको सबै जनप्रतिनिधिको एकमत छ । जिल्लाभर प्रमुख र सहायक राजमार्गबाहेक अनुमानित पा“चसय भन्दा बढी ग्रामीण सडक जिल्लामा सञ्चालित छन् । जनप्रतिनिधि आएलगत्तै जिल्लाभर २० भन्दा बढी सडकको कार्य भइरहेको चरिकोट सडक डिभिजन कार्यालयले जनाएको छ ।
जसमा दुई हजार आठसय किलोमिटर लामो सडकअन्र्तगत गाउँको साबिक केन्द्रबाट सदरमुकाम जोड्ने ५६ वटा सडक छन् । सडकको विभिन्न योजना बनाएर विकासे सपना देखाउँदै वडाका टोलमा धमाधम काम हुँदैछ । दुुर्गम गाउ“मा सडककै समस्याले विकास कार्यलाई अगाडि बढाउन नसकिएकाले विशेष प्राथमिकतामा राखेको हेलम्बु गाउँपालिकाका प्रमुख निमाग्याल्जेन शेर्पाले बताए ।
‘दर्जनभन्दा बढी ग्रामीण सडक फराकिलो बनाउने कार्यमा लागिरहेका छौ,’ प्रमुख शेर्पाले भने । उनले हेलम्बुको किउल, हेलम्बु, महांकालका गाउँ जोड्ने सडक फराकिलो बनाउने काममा लागिरहेको सुनाए ।
९५ प्रतिशत योजना पास गरेर हेलम्बुबाट काठमाण्डौ जोड्ने ६५ किलोमिटर सडकलाई मर्मतसम्भार गरिरहेको उनले बताए ।
सडक मर्मत र निर्माणमा नगरभन्दा गाउँपालिका अगाडि देखिएका छन् । तीन नगरले ग्रामीण भेगको सडकको लागि टुक्रे योजना बनाइरह“दा प्रायः गाउँपालिकाले सडक पु¥याइसकेका छन् । बलेफीले अरनिको राजमार्गस“गै रहेको खाडीचौर बजारदेखि टोप्कागाउ“मा सडक मर्मत गरेर बस सञ्चालन गरिरहेको छ । यसमा २० लाख लगानी भएको छ । ‘सडक निर्माणको अभियानलाई तीव्रता दिइरहेका छौ,’ बलेफी गाउँपालिका प्रमुख केदार क्षेत्रीले भने, ‘सबैभन्दा ठूलो बजेट २५ लाख लामोसाँघु तोप्का सडक योजनामा निर्माणमा लगाएका छौ ।’ उनले अंधेरी, मांखामा १५ लाख खर्चेर मर्मतकै चटारोमा रहेको स्वीकारे । बलेफीको ६२ लाख ५० हजार रकममध्ये वडाका विभिन्न सडकलाई मात्रै ३५ लाख छुट्टयाइएको छ ।
मेलम्ची नगरपालिकालेसबै ग्रामीण सडक चौडा बनाउने काम गरिरहेको जनाएको छ । मेलम्ची नगरले २० करोड लाग्ने ‘ग्रिनसीटी पार्क’ लाई दुई करोड विनियोज गरेर निर्माण थालिसकेको छ । केही समय अगाडि भएको नगरको सभाले ‘रिङरोड ’को लागि दुई खण्डको कार्य सुरु गर्ने निर्णय गरेको प्रमुख अर्यालले बताए ।
चौतारा साँगाचोकगढी नगरपालिकाले ठूलोसिरुवारी र गौरातीदेखि स्याउले, कुविण्डेमा सडक मर्मतमा लागिरहेको छ ।
क्याटेगोरी : अर्थ
ट्याग : #banner
तपाईको प्रतिक्रिया दिनुहोस