Techie IT
Wednesday, May 12,2021 / बुधबार, वैशाख २९, २०७८
×
गृहपृष्ठअर्थगाउँका पसलमा अधिकांश म्याद नाघेका सामग्री

गाउँका पसलमा अधिकांश म्याद नाघेका सामग्री


मेलम्ची, २८ मंसिर ।
मेलम्ची नगरपालिका वडा नं ७, दुबाचौरका पसलहरुमा अधिकांश खाद्य सामग्रीमा म्याद गुज्रिएका फेला परेको छ । मेलम्ची नगरको अनुगमन समितिले अनुगमन गर्दा यस्तो फेला परेको हो ।
नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत, मेलम्ची प्रहरी प्रमुख, उद्योग वाणिज्य संघका प्रतिनिधि तथा उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्षसहितको अनुगमन टोलीले दुबाचौरका पसल अनुगमन गरेको हो । जिरा, तेल, चियापत्ती, चाउचाउ, जुस, बिस्कुट जस्ता खाद्य पदार्थ म्याद नाघेको भेटिएको उपभोक्ता हित संरक्षण मञ्च, मेलम्चीका अध्यक्ष शालिकराम अधिकारीले जानकारी दिए ।
मेलम्ची बजारमा अनुगमन कडाइ गरिएपछि म्याद नाघेका सामग्री गाउँका पसरतिर पठाइएको आशंका गरिएको छ । म्याद नाघेका सबै सामग्री संकलन गरी नष्ट गरिएको मेलम्ची नगरपालिकाका नायब सुब्बा राजेन्द्र दुलालले जानकारी दिए । गाउँतिर अधिकांश सामग्री म्याद नाघेको पाइएकाले अरु गाउँका पसलमा पनि छिटै अनुगमन गरिने पनि उनले बताए ।


क्याटेगोरी : अर्थ
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस