Techie IT
Sunday, February 28,2021 / आईतबार, फागुन १६, २०७७
×
गृहपृष्ठअर्थमेलम्चीमा कुमारी बैँक

मेलम्चीमा कुमारी बैँक


मेलम्ची, २७ मंसिर ।
कुमारी बैँक लिमिटेड, मेलम्ची शाखाको आज विधिवत् उद्घाटन भएको छ । मेलम्ची नगरपालिकाका प्रमुख डम्बर अर्याल र बैँक सञ्चालक समितिका सदस्य कृष्ण ज्ञवालीले संयुक्तरुपमा उद्घाटन गरे ।
कार्यक्रममा नगर प्रमुख डम्बर अर्यालले नगरपालिकाले कृषि तथा पर्यटन क्षेत्रलाई प्राथमिकता राखेर काम गरिरहेको सन्दर्भमा बैँकको पनि साथसहयोग रहने विश्वास व्यक्त गरे । उनले मेलम्चीको विकासमा बैँकबाट टेवा मिल्ने बताए ्र
अठार वर्षअघि स्थापना भएको यस बैंकका देशभर १ सय १६ ठाउँमा शाखा रहेको साथै शाखारहित २० ठाउँबाट सेवा दिइएको बैँकका मेलम्ची शाखा प्रमुख विनोदभक्त श्रेष्ठले जानकारी दिए ।


क्याटेगोरी : अर्थ
ट्याग : #banner


तपाईको प्रतिक्रिया दिनुहोस