हाट बजारमा उब्जनी बेचेर आत्मनिर्भर

भोताङ, १९ मंसिर ।
पाँचपोखरीथाङपाल गाउँपालिका वडा ३ भोताङ यार्सामा प्रत्येक हप्ताको शनिवार तरकारी हाट बजार चल्छ । तामाङ समुदायको बाहुल्यता रहेको यहाँका कृषक आफनै पुख्र्यौली जमिनमा उत्पादित सामाग्रीले परम्परागत हाट बजारलाई चलाउँछन् ।
हाट बजारबाटै मासिक ३० हजारसम्म आम्दानी गरिरहेका भोताङबासीको प्रत्येकको घरमा फरक प्रकारको तरकारी, फलफुलका बिउबिजनको उत्पादन हुने गर्छ । भुकम्पको चारवर्षपछि आफैले उब्जाएको तरकारी, अन्न र विउ विजन हाट बजारमा बिक्री गरेको सनाउँदा भोताङ माख्लो गाउँकी ३२ वर्षिया हसिना तामाङ एकदमै हर्षित देखिइन् । ‘हाट बजारको परम्परास“गै प्रत्येक घर चलेको छ, मासिक ७० हजारसम्म कमाएर घर चलाउने गरेकी छु ।’ उनले भनिन् । प्रत्येक हप्ताको शनिवार हाटबजारमा आवश्यक सामाग्री किन्न भनेर भोताङदेखि मेलम्ची क्षेत्रका स्थानीय र व्यवसायी आउने गरेको उनले सुनाइन् ।
वर्षौदेखि चल्दै आएको हाट बजारमा आउने प्रत्येकले आफ्नो उत्पादन ल्याएर बेच्छन्, आफुलाई चाहिने खरिद गर्ने गर्छन् । ‘हाम्रो पारिवारिक गर्जो चल्ने मात्रै नभई हाट बजारले हामीलाई मेहनती बनाउँदै लगेको छ,’उनले भनिन् ।
पाँचपोखरी, हेलम्बु, इन्द्रावती र मेलम्ची नगरको लागि आवश्यक सामाग्रीको केन्द्र मेलम्ची बजार नै हो । भोताङबाट झण्डै २३ किलोमिटर कच्ची सडकको दुरीमा मेलम्ची बजार जोडिन्छ । ‘भुकम्पले आवास र हाटबजार ध्वस्त बनाएको थियो, अब पुन सुरु भएको छ, ’ भोताङकै तल्लो गाउ“की ५३ वर्षिया कार्चेन तामाङले भनिन् । हाट बजारमा काउली, बन्दा, प्याज र लसुन लगायतका तरकारीका बेर्ना बिक्री गरेर हप्तादिनमा १५ हजारसम्म कमाइ गरेको उनले अनुभव पोखिन् ।
उनकानुसार हाटबजार पुन संञ्चालनमा आएपछि गाउँमा उत्पादित बस्तु एउटा पनि खेर गएको छैन । कसैले घरमै अचार बनाएर बिक्री गर्छन् । कसैले बिउबिजन र तरकारी विक्री गर्ने गरेका छन् । पाँचपोखरी थाङ्पाल–३, भोताङ यार्साकी ६६ वर्षिया लाक्पा तामाङले आफैले उत्पादन गरेको तरकारी मात्रै बेचेर ६ जनाको परिवार पालेकी छन् । ‘हाटबजारमा तरकारी बेचेर १८ हजार कमाउछु, बजारले जिविको धानेको छ,’उनले भनिन् । पढाई गर्न नसके पनी आफुलाई पुग्ने आम्दानी भएकोले आफु यसैमा सन्तुष्ट भएको उनको भनाइ छ ।
भुकम्पपछि लामो समय पुनर्निर्माणमा व्यस्त भोताङमा हाट बजार चल्न सकेन् । परम्परागत बजार नचल्दा स्थानीय एकदमै चिन्तित देखिए । केयर नेपाल र सामुदायिक आत्मनिर्भर सेवा केन्द्रले खाद्य सुरक्षा तथा जीविकोपार्जन कार्यक्रम अन्र्तगत किसानहरुलाई सहयोग पु¥यायो । ‘संस्थाको सहयोगपछि स्थानीयको जागरले गर्दा भोताङको यार्सामा हाट बजार सुरु भएको छ, उनीहरुले परम्परालाई थाती राख्दै उत्पादन थालेका छन्,यसैबाट जिविकोपार्जन भएको छ, ’सामुदायिक आत्मनिर्भर सेवा केन्द्रका कुमार थापाले भने ।
हाटबजार सञ्चालनको लागि दुवै संस्थाले समन्वयमा आर्थिक तथा प्राविधिक सहयोग गरेको उनले जनाए । दुर्गम गाउ“ मानिने भोताङमा नौसय ६ घर धुरी छन् । यार्सा टोलमा रहेका एकसय १९ परिवारले आफ्नो उब्जनी कृषि उत्पादनलाई भोताङ हाट बजारमा बेच्छन् । पाँचपोखरी थाङपाल गाउँपालिकाका अध्यक्ष टासी लामा ह्योल्मोले उत्पादन यहीं बिक्री हुने परम्परागत बजारले सबैलाई शिक्षण दिएको बताए । ‘यसले आत्मनिर्भरका साथै गाउँवासीलाई सक्षम व्यवसाय गर्न सिकाएको छ, यो खुशीको कुरा हो,’ उनले भने ।
क्याटेगोरी : अर्थ
ट्याग : #breaking
तपाईको प्रतिक्रिया दिनुहोस