मध्यभोटेकोशीले १४ महिनाभित्रै विद्युत उत्पादन गर्ने

चौतारा, १५ मंसिर ।
बाह्रविसे नगरपालिकास्थित गातीमा निर्माणाधिन १०२ मेगावाट क्षमताको मध्यभोटेकोशी जलविद्युत आयोजनाले अबको १४ महिनाभित्रै विद्युत उत्पादन गर्ने लक्ष्यका साथ काम तीब्र पारेको छ । झण्डै ८२ प्रतिशत सुरुङको काम सम्पन्न गरिसकेको आयोजनाले मुख्य टनेल, अडिट, विद्युतगृहस“गै अन्य कार्यलाई तीव्रता दिएको हो ।
सुरुङको बाँकी काम ६ महिनाभित्रै सक्ने लक्ष्य छ । मुख्य सुरुङ ७ हजार एकसय १८ मिटरमा ५ हजार आठसय ६ मिटरको टनेल मार्ग खनिसकिएको आयोजनाले जनाएको छ । जिल्लाकै ठूलो क्षमता रहेको मध्यभोटेकोशी जलविद्युत आयोजनामा चिनियाँ प्राविधिकको नेतृत्वमा ठाडो सुरुङ ‘भर्टिकल साफ्ट’ले गति लिएका कारण अबको ६ महिनामा सुरुङको काम सकिने आयोजना प्रमुख सुनिलकुमार लामाले जानकारी दिए । ‘भर्टिकल साफ्ट’ सबैभन्दा गाह्रो र समय लाग्ने कामले तीव्रता लिएकाले आयोजनाले लक्ष्य भेट्ने उनले दाबी गरे ।
सुरुङसँगै विद्युतगृहको काम पनि ६ महिनाभित्रै सक्ने दाबी आयोजनाको छ । बाँधस्थलमा ढलानको काम सुरु गरिसकिएको लामाले जानकारी दिए । अहिले भोटेकोसी गाउँपालिका मार्मिङस्थित चाकु बजारको हेडवक्र्सस्थलमा भोटेकोसी थुनेर १० मिटर अग्लो बाँध निर्माण गरिएको छ । आयोजना प्रमुख लाकाका अनुसार विद्यृतगृहको क्रेन लेभल ६ महिनामा सकेपछि टर्वाइन जेनेरेटर जडानका गरिनेछ ।
१ जनवरी २०१४ बाट सुरु भएको थियो । जुन १७ का सम्पन्न गर्ने लक्ष्यसाथ सुरु गरिएको आयोजना विविध प्राविधिक कारणले पछाडि धकेलिएको हो । वर्र्षैपिच्छे हुने विपतले आयोजनामा क्षति पु¥याएका कारण समयमै काम सम्पन्न हुन नसकेको आयोजना प्रमुख लामा स्वीकार गर्छन् । आयोजना जुरे पहिरो, भूकम्प, नाकाबन्दी, भोटेकोसी बाढीका कारण अघि बढ्न सकेको थिएन । स्थानीय र जनप्रतिनिधिका अनेकौं मागका कारणसमेत आयोजनाको काम बिथोलिएका थियो ।
‘अहिले हामी लयमा छौं, लक्ष्य भेट्ने उद्धेश्यका साथ कामलाई तीव्रता दिएकाले अब छिट्टै विद्युत उत्पादन हुनेछ,’ प्रमुख लामा भन्छन्, ‘निर्माण सामग्री अभाव र आर्थिक समस्या पनि बाधक बनेको थियो ।’ उनले काम अन्तिम चरणमा पुगेकाले आयोजनाको गतिलाई अब बिथोल्न नसकिने बताए ।
आयोजनाको मुख्य प्रवद्र्धक चिलिमे जलविद्युत कम्पनी लिमिटेड हो । विभिन्न अवरोधका कारण १२ अर्ब २८ करोड लागत लाग्ने अनुमान गरिएको मध्यभोटेकोसीको लागत बढेर १४ अर्ब ८४ करोड पुगेको छ ।
झण्डै ३ अर्बको आइपिओ अनुमानित लगानीको एक चौथाइ मात्रै हो । बा“की रहेका एक÷एक चौथाइ शेयर संस्थापक शेयरधनी संस्थाहरु चिलिमे जलविद्युत कम्पनी, विद्युत प्राधिकरण र चार वटा स्थानीय शेयरधनी संस्था रहेका छन् । नेपाल अरनिको हाइड्रो पावर कम्पनी, सिन्धु इन्भेस्टमेन्ट कम्पनी, सिन्धुपाल्चोक हाइड्रो पावर कम्पनी र सिन्धु भोटेकोसी हाइड्रोपावर लिमिटेडबाट लगानी भएको छ ।
क्याटेगोरी : अर्थ, समाचार
ट्याग : #breaking
तपाईको प्रतिक्रिया दिनुहोस