गृहपृष्ठ ∕ अर्थ ∕ महिलाको जीवनस्तर उकास्दै अदुवा खेती महिलाको जीवनस्तर उकास्दै अदुवा खेती Sindhu Khabar मंसीर १२, २०७६ गते १६:३४ मा प्रकाशित नवलपुर, १२ मंसिर । व्यावसायिक अदुवाखेती गर्न थालेपछि सिन्धुपाल्चोकको इन्द्रावाती गाउँपालिकाको गोसाइँकुण्ड सामुदायिक महिला केन्द्रले अदुवाबाट राम्रो आम्दानी लिन थालेका छन् । व्यावासयिक अदुवा खेती गर्न थालिएपछि आम्दानी बढ्न थालेको हो । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका वडा नम्बर ४ मुलेकी जेठीमाया तामाङले पुख्र्यौली बाली धन, मकै, कोदो लगाउने खेतबारीमा अहिले अदुवा खेती लगाउँदै आएकी छिन् । शुरुमा उनी एकैले अदुवा लागाएकी थिइन् । अदुवाबाट उनको राम्रो आम्दानी देखेपछि अन्य महिलाले पनि चासो देखाएका हुन् । अहिले २९ जनाको समूहमा गोसाइँकुण्ड सामुदायिक महिला केन्द्रको स्थापना गरेका छन् । गाउँपालिकाको अनुदान सहयोगमा १५ सय किलो अदुवा लगाएको किसान चित्रकुमारी खोखाली बताउँछिन् । अदुवाको माग राम्रो आउन थालेपछि समूहका महिला खुसी भएका छन् । अघिल्लो वर्ष अदुवाले राम्रो मूल्य पाएपछि उनीहरुले यसवर्ष खेती झनै बढाएका हुन् । खाद्यबालीको तुलनामा दोब्बर फाइदा हुने खोखालीको भनाई छ । व्यावसायिक रुपमा खेती गर्दै आएका उनीहरु उत्पादनभन्दा माग बढी भएको बताउँछन् । सिन्धुपाल्चोकका नवलपुर, पाडामरुवा, नयाँबस्ती, कुञ्चोक, बाडेगाउँ र भोटसिपाका किसानले अदुवाखेतीलाई नगदेबालीका रुपमा विकास गर्दै लगेका छन् । अदुवा खेतीका लागि कृषि ज्ञान केन्द्रले सहयोग गरेको समूहकी अध्यक्ष जेठीमाया तामाङले जानकारी दिइन् । अदुवाबाट हुने आम्दानीले आफ्नो आर्थिक स्तरमा समेत परिवर्तन आएको किसान बताउँछन् । यो खेतीमा घाटा नहुने उनीहरु विश्वास व्यक्त गर्छन् । क्याटेगोरी : अर्थ ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार चौतारा, बाह्रबिसे, खाडिचौरलगायत क्षेत्रमा आज ७ घण्टा बती जाने फेरि बन्द हुने भयाे ताताेपानी नाका १२ दिनमा ७७० सवारी साधन कारवाहीमा कोरियाली भाषा परीक्षाको टुङ्गो नलाग्दा हजाराैं युवा अलमलमा धेरै पढिएका १खुकुरी हान्ने बाह्रबिसेका ४ जना पक्राउ २यो समीकरणले देखाउँछ–सिन्धुपाल्चोकमा नेकपा प्रचण्ड–नेपाल समूह बलियो ३उपप्रधानमन्त्री र खेलकुद मन्त्रीलाई कालाे झण्डा देखाईयाे ४चाइनीज नागरिक कुट्ने बुद्धि पक्राउ ५फेरि बन्द हुने भयाे ताताेपानी नाका ६दुवै पक्षका नेकपा सिन्धुकाे पदबाट हटाउने-राख्ने हाेड,केपी पक्षकाे संयाेजकमा देउजा ७ह्योल्मो भूमि हेलम्बुमा लोभलाग्दो हिमाल (फोटोफिचर) ८काँग्रेस सभापति देउवा बाह्रबिसे आउँदै