अस्तव्यस्त् छन् सिन्धुपाल्चोकका पर्यटकीय गन्तब्य

चौतारा, ७ मंसिर ।
‘नेपाल भ्रमण वर्षमा २० लाख’ पर्यटक भित्राउने लक्ष्यनुसार सरकारले ५० करोड छुट्याउदै चुनेको अधिकाशं पर्यटकीय गन्तव्य अझै तंग्रिन सकेका छैनन् । पर्यटन वर्ष २०२० आउन तीन महिना रह“दापनि जिल्लामा छानिएका तीन ‘डेस्टिनेशन्’ पुनर्निर्माण र प्रवद्र्धन अभावमा अझै व्यवस्थित बन्न नसकेका हुन् । संस्कृति ,पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले ‘हण्र्डेड डेस्टीनेशन्’मा जिल्लाको भोटेकोसी÷सुनकोसी नदीमा ¥याफ्टिङ, बन्जी जम्प, हेलम्बु र पाचपोखरीलाई छानेको छ । तर, पर्यटकीय गन्तव्यमा छानिएका तीन पर्यटकीयस्थलको पुनर्र्निमाण र भौतिक पूर्वाधारको प्रारम्भिक तैयारी पनि हुन सकेको छैन । प्रदेश र स्थानीय सरकारबाट केही संरचना निर्माण भइरहेपनि पर्यटकको मुख्य आर्कषण क्षेत्र अहिलेपनि उभिन सकेका छैनन् ।
तातोपानीको खलबली
चीन जोड्ने प्रमुख नाका मात्र नभइ पर्यटकीय गन्तव्यमा उत्तिकै चर्चित तातोपानी बल्ल शुन्यबाट उभिदैछ । भुकम्प, भोटेकोसी बाढी, बर्खे पहिरोपछि खण्डहर बनेका यहाँका पर्यटकीयस्थल अझै पुरानो अवस्थामा फर्किन सकेका छैनन् । वर्षेनी ठूलो संख्यामा तातोपानी धारा नुहाउन आउने आन्तरिक पर्यटकको संख्या आहिले भारी गिरावट आएको छ ।
तातोपानी–६ दुगुनामा रहेको ऐतिहासिकस्थल दुगुनागढी पुनर्निर्माण गरेर पुरानै स्वरुपमा ठड्याइएपनि त्यह“ा पर्यटक पुग्ने कुनै वातावरण तैयारी गरिएको छैन । तातोपानी नाका बन्द भएपछि सो बाटो भएर भारतलगायत मुलुकका तिर्थयात्रीले चीनको स्वशासित क्षेत्र तिब्बतको कैलाश मानसरोबर भ्रमण गर्न पाएका छैनन् । दुगुनागढी हुदै ४२ सय मिटर उचाइमा रहेको भैरवकुण्डसम्म जाने पर्यटकीय पदमार्ग बनाइएपनि दुगुनागढीमा पहिलेजस्तो होमस्टे छैन ।
पहिले होमस्टे संचालन गरिएका दुगुनागढीमाथिका यार्मासिंह, खाम्गेक बिक टोल, भूमाचौर पाटीकुना, भेकासिंह, थांमाछे र ढिसिङ टोलका एकसय ४५ घर बल्ल आवास बनाउदैछन् । भूकम्पअघि वार्षिक पश्चिमा मुलुकका दुई हजार भन्दा बढी नागरिक दुगुनागढी र भैरबकुण्ड भ्रमणमा आउने गरेका थिए । यही तातोपानीको बाटो प्रयोग गरेर वार्षिक ५० हजारभन्दा बढी विदेशी पर्यटक आउनेजाने गर्थे । जसमध्ये ४० हजारभन्दा बढी पर्यटक चीनका हुन्थे ।
धर्मराउदो बन्जी, ¥याफ्टिङ
सरकारले ‘हण्र्डेड डेस्टीनेशन’मा छानेको भोटेकोसी र सुनकोसी नदीमा बन्जी र ¥याफ्टीङकै भरमा सयौ पर्यटक जिल्ला तानिने गर्छन् । भुकम्पपछि सन्तुलनमा आएको बन्जी र ¥याफ्टीङको पर्यटन पनि नदी उत्खनन् र प्रदुषणले बगरमा परिणत गराएपछि व्यवसायी निरुत्साहित छन् । ‘जल पर्यटनलाई अरु चुनौती छैन्, जथाभावी दोहन र नदी प्रदुषण नियन्त्रण नगरिएकाले यसको भविष्य धर्मराउदो छ, ।’ सुकुटे बिच एडभेन्चर रिर्सोटमा महेन्द्रसिंह थापाले भने ।
३ लाखसम्म पर्यटक जलपर्यटनको लागि भनेर सिन्धुपाल्चोक भित्रिएका छन् । दैनिक ९० भन्दा बढी आन्तरिक र बाह्य पर्यटक ‘¥याफ्टीङ’ र ‘क्यानोनिङ’को लागि भनेर आउने गरेका छन् ।
विश्वका साना ठूला गरी ६ हजार नदीनालामा एडभेन्चरको लागि उत्कृष्ट दश नदीमा भोटेकोसी र सुनकोसी सातौमा परेको छ । २०५६ सालमा पहिलो पटक न्युजिल्याण्डका डेबिड र नेपाली विष्णुप्रसाद न्यौपानेबाट संञ्चालित बन्जी जम्प पर्यटकीय गन्तव्यको रुपमा प्रख्यात छ । दैनिक ७० जना पर्यटकमा ४५ जना नेपालीले ‘बन्जी एडभेन्चर ’हान्छन् । सडकलाई व्यवस्थित नबनाइएकाले बन्जीसम्म आउने अवस्था जोखिमय बन्दै गएको छ ।
बल्ल बन्दैछन् हेलम्बु र पाचपोखरी
भुकम्पअघि वार्षिक ३६ हजार पर्यटक पदमार्गको आनन्द लि“दै हेलम्बुको बस्तीदेखि पाचपोखरीको विभिन्न धार्मिकस्थल अवलोकन गर्ने गर्दथ्ये । आहिले पूर्वाधार र धार्मिक मन्दिर तंग्रिने चरणमा दैनिक ४० पर्यटक मात्रै आउछन् । भुकम्पले एकैसाथ ध्वस्त बनाएको चर्चित पर्यटकीय गन्तव्य हेलम्बु र पाचपोखरीमा बल्ल केही पदमार्ग र आवास बन्दैछन् । स्थानीय सरकारबाट केही प्राचिन गुम्बा ,माने छ्र्योतेन र मन्दिर बनाइने प्रयास भएपनि सरकारबाट छुट्याइएको रकम नपाएपछि अधिकाशं ध्वस्त अवस्थामा छन् । ह्योल्मो जातीको उदगमस्थल मानिने तार्केघ्याङ, गुरु रिन्पोछेको गुफा, चिरी गुम्बा , मेलम्चीघ्याङ, महादेव पाइला, आमायांग्री ,पाचपोखरी घुम्न अत्यधिक आन्तरिक पर्यटक आउने गरेका छन् । तिब्बती महायोगी मिलारेपा र अति प्राचिन गुम्बामा हुने महत्वपूर्ण पुजामा आउने पर्यटक प्रशस्त छन् । ‘तर, ती स्थानमा पर्यटक पुग्ने वातावरण अझै बन्न सकेको छैन्, त्यसको लागि सरकारले कुनै ठोस कदम चालेको छैन्,’प्रदेश सांसद निमा लामाले भने ।
ह्योल्मो भुमी हेलम्बुको शेर्माथान्, मेलम्चीघ्याङ हुदै पाचपोखरीमा पर्यटकको लागि होटेल,रिर्सोट पुर्ण रुपमा व्यवस्थित र पर्याप्त बनिसकेका छैनन् । ‘सडक संञ्जाल जोडिएपनि अन्य तैयारी भने धेरै बाकी छन्,’उनले भने ।
गुरु रेन्पोछे ‘पदमसंम्भव’, महायोगी मिलारेपादेखि अनेक लामाको गुफा रहेको हेलम्बु र महादेवले खेती गरेको मानिने पाचपोखरीको ड्राइगन कला ढुपरेहेन्जेन् भिर, ठुलो ढुंगा,अमिलो पानी सबै अलपत्रजस्तै छन् । स्थानीय तहबाट केही प्रवद्र्धन प्रयास भएपनि पुनर्निर्माण र पुरातात्विक पूर्वाधार निर्माणको काम अगाडी नबढाइदा अस्तित्व गुम्ने खतरा बढेको जनप्रतिनिधि बताउछन् ।
आन्तरिक र बाह्य पर्यटकको ओइरो लाग्ने हेलम्बु र पा“चपोखरी देशभरको नामुद पर्यटकीयस्थलमा गनिएको छ । पर्यटकी बस्तीको होमस्टे र कला संस्कृतीको कारणले पर्यटक लोभिदै हेलम्बु धाउने गरेका छन् ।
हिमाली पर्यटनलाई वेवास्ता
सरकारको भ्रमण वर्ष २०२० को सय गन्तव्यस्थलमा जिल्लाका चर्चित हिमाली भेगको पर्यटनलाई पुरा वेवास्ता गरेको देखिन्छ । सिमिसिदाङ धनी हेलम्बु र लाक्पादोर्जेले सजिएको पाचपोखरीलाई गन्तव्यस्थलमा चुनिएपनि हालै आरोहण भएको जुगल हिमाललाई छानिएन् । ‘हिमालकै कारण दर्जनौ विदेशी पर्यटक इन्द्रावती, चौतारा ,हेलम्बु ,पाचापोखरी हुदै जुगल पुग्छन्, यस्ता हिमाल धनी क्षेत्रलाई लिएर सरकारले हिमाल पर्यटनलाई जोड्नुपर्ने देखिन्छ,’ गाउपालिका महासंघका महासचिव र इन्द्रावती गाउपालिकाका अध्यक्ष वंशलाल तामाङले भने । उनले डिमु ,याक ,चौरीजस्ता आर्कषक जनावरदेखि गुफा,तालजस्ता अनेक जडीबुटी पाइने लेकक्षेत्रलाई पर्यटनसग समेट्नुपर्ने माग गरे ।
क्याटेगोरी : अर्थ, पर्यटन, समाचार
ट्याग : #breaking
तपाईको प्रतिक्रिया दिनुहोस