क्षमादेवी बचत तथा ऋण सहकारी मानव सेवामा पनि

बाह्रविसे, ७ मंसिर ।
बाह्रबिसे नगरपालिका ४ मा रहेको क्षमादेवी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आर्थिक कारोबारलाई मात्र महत्व नदिएर मानव सेवामा पनि काम गर्न थालेको छ ।
सो सहकारीले आफ्नो १२ औं स्थापना दिवशको अवसरमा रक्तदान कार्यक्रम गरेको छ । सो सहकारीका सञ्चालक, उपसमिति, सेयर सदस्य, कर्मचारी, सदस्य र स्थानीय लगाएत ५३ जनाले रक्तदान गरेका छन । रगत अभावमा रहेको बिरामीको सेवा भन्दा ठूलो सेवा केही हुन नसक्ने भन्दै रक्तदान कार्यक्रम गरेको सो सहकारीका सचिव ईश्वरलाल श्रेष्ठले बताए । संकलन भएको रगत भक्तपुर रेडक्रसमा जाने र बिरामीलाई प्रयोग गरिने श्रेष्ठले जानकारी दिए ।
त्यस्तै सो सहकारीले बाह्बिसे नपा ३ धार्पामा पोषण कार्यक्रम गरेको छ । गा्रमीण भेगमा जाडो समयमा दैनिक पोष्टिक आहार, सरसफाई सम्बन्धि टोलबासीलाई सचेतना दिएको छ । सुत्केरी महिला, बालबालिका, बृद्धबृद्धाको खानपान र उचित ख्याल गर्न सचेतनामूलक कार्यक्रम गरेको छ । सो भेलामा अधिकांश स्थानीयको सहभागिता रहेको थियो । सामाजिक उत्तरदायित्व अन्तर्गत सहकारीले उक्त कार्यक्रम गरेको हो ।
क्याटेगोरी : अर्थ
ट्याग : #banner
तपाईको प्रतिक्रिया दिनुहोस