गृहपृष्ठ ∕ अर्थ ∕ खर्कका सबै चौंरीको निःशुल्क बिमा खर्कका सबै चौंरीको निःशुल्क बिमा Sindhu Khabar मंसीर ६, २०७६ गते १२:११ मा प्रकाशित हेलम्बु, ६ मंसिर । वर्षको नौ महिना भन्दा बढि समय खर्क र लेकमा चौंरी र याक डुलाउने हेलम्बु गाउँपालिका–२ का पेम्बा शेर्पा चौंरी मर्दा हुने जोखिम कम भएपछि थप उत्साहित भएका छन् । गाउँपालिका भित्र पर्ने फिरन्ते चौंरी गोठलाई लक्षित गर्दै गाउँपालिकाले खर्क र गोठमा पालिएका सबै चौंरीको निशुल्क बिमा योजना अघि बढाएपछि पेम्बा चौंरी पालनमा थप उत्साहित भएका हुन् । सरकारले नेपाल सरकार र किसानको संयुक्त लगानीमा पशु बिमाको अवधारणा ल्याएपछि गाउँपालिकाले किसानलाई प्रोत्साहन गर्न किसानले गर्नुपर्ने लगानी पालिकाले गरिदिने निर्णय गरेको थियो । गाउँपालिकाको निर्णय अनुसार आफ्नो क्षेत्रमा रहेका १५ वटा चौंरी गोठमा रहेका चार सय भन्दा बढि चौंरीको बिमा गरिएको छ । पेम्बा जस्तै हेलम्बु गाउँपालिका–१ का साङ्गे शेर्पा पनि बिमा योजनाले आफ्नो लगानी सुरक्षित हुनेमा आशावादी छन् । एक लाख बढि मूल्य पर्ने चौंरी म¥यो भने सबै जोखिम आफैले बहन गर्नुपर्ने अबस्थाको अन्त्य भएको साङ्गे ले बताए । ‘गोठ सार्दै जाने क्रममा चौंरी बिरामी भए झारपातको भर पर्नुपर्ने हुन्छ’, ‘बिरामी चौंरी बचाउन औषधी र चिकित्सकको कल्पना गर्न नसकिने ठाउँमा बिमाले हाम्रो लगानीलाई सुरक्षित बनाइदिएको छ ।’ चौंरीको मृत्युबाट हुने जोखिमका कारण हेलम्बु क्षेत्रको संस्कृतिकै रुपमा रहेको चौंरी पालन व्यवसाय क्रमसः घट्दै गएकाले यसको संरक्षणका लागि बिमा योजना अघि सारिएको गाउँपालिका अध्यक्ष निमाग्याल्जेन शेर्पाले बताए । शेर्पाका अनुसार आफ्नो पालिका भित्र भएका १५ चौंरी गोठका सबै चौंरीको नेपाल सरकार र गाउँपालिकाको साझेदारीमा गोठ र खर्कमै पुगेर चौंरीको बिमा गरिएको छ । किसानको जोखिमलाई घटाउँदै चौंरी र यसबाट हुने दुग्धजन्य उत्पादन बढाउन गाउपालिकाले बिमाको योजना अघि सारिएको प्रमुख प्रशासकीय अधिकृत भिमराज कोइरालाले जानकारी दिए । बिमासँगै गाउँपालिकाले चौंरी गोठका लागि मोबाइल चार्ज र बिजुली बाल्न मिल्ने सोलार प्यानल र यसकालागि आबश्यक उपकरण वितरण समेत गरेको छ । क्याटेगोरी : अर्थ ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार आफ्नै भवनमा उद्योग बाणिज्य संघ चाैतारा शाखा पानी पठाएर गरियो मेलम्चीको सुरुङ परीक्षण अबरुद्ध सुनकोशी पुल निर्माण कार्य तत्काल सुचारु गर्न दबाब भाेलि मेलम्ची सुरूङमा पानी हालेर परीक्षण गरिदैं धेरै पढिएका १खुकुरी हान्ने बाह्रबिसेका ४ जना पक्राउ २क्रसरका संञ्चालकले मार्ने योजना बनाएको भन्दै वडाध्यक्षले सुरक्षाकर्मी गुहारे ३मोटरसाइकलसहित लिसंखु र तौथलीका दुई चोर पक्राउ ४सामुहिक बलात्कारमा संलग्न जुगलका कैलाश पक्राउ ५काँग्रेस क्षेत्रीय सचिव वासुमाथि सांघातिक आक्रमण ६चाेरीका माेटरसाईकल नियन्त्रणमा सिन्धु प्रहरीकाे सक्रियता ७यो समीकरणले देखाउँछ–सिन्धुपाल्चोकमा नेकपा प्रचण्ड–नेपाल समूह बलियो ८उपप्रधानमन्त्री र खेलकुद मन्त्रीलाई कालाे झण्डा देखाईयाे