किसानका सिमीले पाएन बजार

तातोपानी, २३ कात्तिक ।
सिन्धुपाल्चोकको भोटेकोशी गाँउपालिकाको हिमाली क्षेत्र दुगुनामा उत्पादित सिमीले बजार नपाउदा किसान चिन्तित भएका छन्। अत्यधिक मात्रामा उत्पादन हुने यहाँको सिमीले बजार नपाउदा किसान चिन्तित बनेका हुन् ।
भोटेकोशी गाँउपालिका ३ दुगुनाकी चिनिमाया कार्कीले उत्पादन गरेको सिमीले बजार नपाउदा आम्दानी लिन सकेको छैन्। हिमाली क्षेत्र भएकै कारण यस ठाँउमा धन मकै कोदो जस्ता अन्नबाली खासै उत्पादन नहुने हिमालीभेग आलु सिमी भने अत्यधिक मात्रामा उत्पादन हुन्छ । जब सिमी फल्छ जंगली जनवारले खाने समस्या बचेको सिमीको कोसा र दाना विक्री नहुदा कुहिएर जाने यहाका किसान चिनीमाया कार्की बताउँछिन् ।
दुगुनामा किसानले बार्षिक ४० मुरी भन्दा बाढी सिमी फलाउँछन् । यहाका किसानको भने एक तिर जंगली जनवारले दुख दिने अर्काे तिर बजार नपाउदा दोहोर मारमा परेका छन्।
गाँउपालिका भरिकै सबै भन्दाबढी सिमी उत्पादन हुने यस ठाँउका किसानलाई व्यवासायिक बनाउदै भोटेकोशीबाटै सिमी निर्यात गर्ने योजना तर्जुमा गर्न लागेको गाँउपालिकाका अध्यक्ष राजकुमार पौडेल बताउँछन् ।
सहरीक्षेत्रका नागारिकले विषादी प्रयोगभएको तरकारी खाइरहेका बेला दुगुनामा उत्पादहुने विषादीयुक्त तरकारीले भने बजार पाउन सकेका छैन्। सिमीले बजार र सुपथ मुल्यपाए यँहाका किसानको जीवनस्तर माथि उकासिने थियो। सरोकारवाला पक्ष गम्भीर भएर नलागे यँहाका किसानले उत्पादन गरेको सिमीले बजार नपाउदा किसानको मेहेनत खेर जाने र किसान पेशबाट निरुत्साहित हुने देखिन्छ।
क्याटेगोरी : अर्थ, समाचार
ट्याग : #breaking
तपाईको प्रतिक्रिया दिनुहोस