बुधबार, असोज १७, २०८०
गृहपृष्ठअर्थधान उत्पादन घट्यो

धान उत्पादन घट्यो


लक्ष्मण बिष्ट

मेलम्ची, २२ काात्तिक ।

सिन्धुपाल्चोक जिल्लाभरिनै यस वर्ष धान उत्पादन घट्ने देखिएको छ | सिजनमा आबश्यकता अनुसार पानी नपर्नु, समयमै मलखाद नपाइनु, धानमा किरा लाग्नु जस्ता कारणहरुले गर्दा उत्पादन घट्ने देखिएको हो|

यस वर्ष बर्षा निकै कम भएको र धानको बाला झुल्ने बेला पानी पर्नुका कारण उत्पादन बृदि हुन नसकेको कृषि प्राबिधिकहरुले बताए|बर्षा नहुदा विभिन्न रोगकिराको संक्रमण समेत बढेको थियो| गाज हाल्ने बेला र पसाउने बेला आबश्यकता अनुसार बर्षा नहुदा धानको बृदि बिकास प्रयाप्त हुन सकेन |

अघिल्लो वर्ष भन्दा अहिले धान घटेको अबस्थामा धान काटियो धान थन्काउने बेला पानि परेका कारण धान आदि भन्दा बढी घटेको बार्हबिसे राम्चेकि कृषक पदम माया तिमल्सिनाले  दुखेसो पोखिन | असारमा बेलैमा पानि नपर्दा रोपाइँ गर्न ढिला भएको र आबश्यकता अनुसार पानि नपरेकाले किरा लाग्नुको कारण धान घटेको मेलम्ची नगरपालिका १ भोटेचौरका कृषक दिनेश चौलागाईले बताए|

अहिले जिल्लाका १२ वटै स्थानीय तहमा धानको उत्पादनमा ३० देखि ४० प्रतिशत सम्म गिरावट आएको सबै स्थानीय तहका कृषि शाखाले जानकारी दिएका छन भने मेलम्ची र बार्हबिसे नगरपालिकाले भने अरु स्थानीय तहमा भन्दा हाम्रो स्थानीय तहमा उत्पादनमा कमि आएको दाबि गरेका छन् |


क्याटेगोरी : अर्थ
ट्याग : #banner

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!