Techie IT
Saturday, December 5,2020 / शनिबार, मंसीर २०, २०७७
×
गृहपृष्ठअर्थतातोपानीमा नुहाउनेको भीड बढ्यो

तातोपानीमा नुहाउनेको भीड बढ्यो


तातोपानी, १७ कात्तिक ।

शरिरको छालासंम्बन्धी विभिन्न रोग निको हुने विश्वासमा अहिले भोटेकोसी गाउपालिका वडा २, तातोपानीस्थित तातोपानी धारामा नुहाउनेको भिड बढेको छ । चीन जोड्ने सिमाक्षेत्र तातोपानी बजारमा रहेको अविरल तातोपानी धारामा सडक, बिजुली, होटेलजस्ता सबै पूर्वाधार सहज भएपछि नुहाउन आउने तिर्थालुको लर्को बढेको हो ।
काठमाण्डौ भक्तपुरबाट परिवारसहित आएका सुरबहादुर श्रेष्ठले आफ्नो छालासंम्बन्धी रोगको लागि तातोपानी धारामा नुहाउन आएको बताए । ‘यहाँ नुहाएर छाला, हड्डीको समस्या निको भएको मान्छे भेटे, त्यसैले पनि परिवारस“गै नुहाउन भनेर आएको हुँ ।’ उनले भने । शरिरको हाडजोर्नी र छाला दुखेपछि उनले स्वास्थ्यकर्मीको सल्लाह पनि लिएको सुनाए ।
तातोपानी धारामा नुहाएर फर्केका धेरैको अनुभव सुनेपछि श्रेष्ठ प्रयोगात्मको लागि भनेपनि परिवारसाथ आए । छिमेकीको दश जनाको समूहसँगै तातोपानी नुहाउन आएका चितवन गवाईका महेश भण्डारीले तातोपानीमा नुहाएपछि शरिर हलुका भएको मज्जेदार महसुस गरे । ‘शरिरको माथिल्लो भाग दुखिरहन्थ्यो, नुहाएपछि एकदमै फुर्तिलो लागिरहेको छ, साँच्चिकै नुवाएलगत्तै दुखाइ हराएको अनुभव भएको छ,’ उनले भने ।
भुकम्पअघि नाम चलेको तातोपानी, लिपिङ, मितेरी पुल र खासा बजारको दृश्यस“गै उनको जम्बो टोलीले गुरु रेन्पोछेको विशाल मुर्तीको आनन्द उठाए । अघिल्लो वर्ष दर्जनौ पटक तातोपानी आइसकेका विदेशी रिर्चट निकले यहाँको सौन्दर्य हेर्दै नुहाउनको मज्जा अलग्गै रहेको व्याख्या गरे । तातोपानी धाराबाट आउने पानीमा शरिरलाई लाभ दिने तत्व मिसिएकाले आफू आकर्षित भएको उनको भनाइ छ । ‘सुरुमा यहा“को धाराको धेरै चर्चा सुने, तातोपानीमा नुवाएपछि निको भएको अनुभव हुँदा उनले अरुलाई पनि ल्याएको छ ।’ उनले भने ।
प्राकृतिक रुपले नै ४४ डिग्री सेन्टिग्रेडको तातोपानी आउने पानीमा स्नान गर्न भनेर आउने विदेशीभन्दा स्वदेशीको संख्या दिनह“ु बढ्दो छ । दैनिक तीन सयभन्दा बढी पर्यटक नुवाएर फर्कने भएकाले त्यसको व्यवस्थापनमा जुटिरहेको तातोपानी धारा निर्माण सुधार समितिका अध्यक्ष अमृत खड्काले बताए । २०५० सालदेखि हालसम्म अध्यक्ष बनेका खड्काअनुसार पारिवारिक , सामुहिक रुपमा नुहाउन ७ वटा धारामध्ये महिला र पुरुषको लागि अलग रहेको छ । ‘बाथरोेगी, अलग्गै नुवाउन इच्छुकलाई स्वीमिङ पुलको समेत् व्यवस्था गरिएको छ ,’उनले भने ।
भुकम्पअघि तातोपानीको बाटो प्रयोग गरेर वार्षिक ५० हजारभन्दा बढी विदेशी पर्यटक आउनेजाने गर्थे । जसमध्ये ४० हजारभन्दा बढी पर्यटक चीनका हुन्थे । तातोपानी नाका बन्द भएपछि सो बाटो भएर भारतलगायत मुलुकका तिर्थयात्रीले चीनको स्वशासित क्षेत्र तिब्बतको कैलाश मानसरोबर भ्रमण गर्न पाएका छैनन् ।
भुकम्प, भोटेकोसी बाढीपछि वर्षेनी ठूलो संख्यामा तातोपानी धारा नुवाउन आउने आन्तरिक पर्यटकको संख्यामा भारी गिरावट आएको थियो । अघिल्लो वर्ष पा“च हजार आन्तरिक पर्यटकले तातोपानी धारामा मेला भरेको तातोपानी धारा निर्माण सुधार समितिले जनाएको छ । ‘अब भने पर्यटक आउने क्रम पुरानै अवस्थामा फर्केको छ,’उनले भने ।
भुकम्प र भोटेकोसी बाढीले तातोपानी धारा क्षतिग्रस्त भएस“गै यह“ा भागभाग मच्चिएको थियो । हालै प्रदेशबाट यहाको मर्मतसंम्भारको लागि ३ करोड बजेट छुट्याइएको छ । गाउ“पालिकाले तातोपानीको लागि वरीपरी महत्वपूर्ण संरचना बनाउने योजना ल्याइरहेको जनाएको छ ।


क्याटेगोरी : अर्थ, समाज
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस