सुनकोशीको गोल्मे भ्यूपार्क निर्माणमा अनियमितता (भिडियो रिपोर्ट)

चौतारा, ७ कात्तिक ।
सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकामा निर्माणाधीन गोल्मे भ्यू पार्क अन्तिम चरणमा पुगेको छ । झण्डै पचास लाख रुपैयाँको लागतमा निर्माण भइरहेको भ्यू पार्कको निर्माणमा गुणस्तरहीन सामान प्रयोग गरेको र सम्झौता अनुसारको काम नगरी अनियमितता गरेको स्थानीयको आरोप छ ।
प्रदेश ३ सरकारको लगानीमा सिन्धुपाल्चोकको सुनकोशी गोल्मेमा अन्तरिक तथा बाह्य पर्यटक भित्रयाउने उदेश्यले भ्यू पार्क निर्माण गर्न भइरहेको हो । निर्माणाधीन यो पार्कका लागि प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा बाताबरण मन्त्रालयले झण्डै ५० लाख रुपैयाँ छुट्याएको छ । निर्माण कार्यमा ठेकेदारले कमलस समाग्री प्रयोग गरेको र सम्झौता अनुसारको काम नगरेको गोल्मे ऐसेलुखर्क भ्यु पार्क निर्माण समितिकी कोषाध्यक्ष अम्बिका बस्नेतले बताइन् ।
निर्माणको जिम्मा पाएको गोल्म ऐसेलुखर्क भ्यु पार्क समितिले निर्माणमा कमसल सामग्री प्रयोग गरेको भए पनि प्रदेश सरकार मौन बसेको स्थानीयको आरोप छ ।
पार्क निर्माणमा संलग्न प्रविधिकले भने भ्यु पार्कको निर्माण सरकारी लागत र सम्झौता अनुसार नै भईरहेको उद्योग पर्यटन बन तथा बाताबरण मन्त्रालय, हेटौडाका इञ्जियिर श्रीराम पौडेलको दाबी छ ।
हजारौ पर्यटक पुग्न सक्ने गोल्मे भ्यु पार्कबाट बाह्रविसे नगरपालिका, बलेफीगाँउपालिका, सुनकोशी गाउँपालिका र छिमेकी जिल्ला दोलखा र काभ्रेको रमणीय दृश्य देख्न सकिन्छ । आन्तरिक र बाह्य पर्यटकको केन्द्रविन्दु बन्न सक्ने यस भ्यू पार्कमा निर्माणाधीन टावर दिगो र गुणस्तरीय भएन भने दुर्घटना निम्त्याउने खतरा उत्तिकै छ ।
क्याटेगोरी : अर्थ, समाचार, सिन्धु खबर टिभी
ट्याग : #breaking
तपाईको प्रतिक्रिया दिनुहोस