शनिबार, असोज ६, २०८०
गृहपृष्ठअर्थसिन्धुपाल्चोकको ५ स्थानीयतह डुबानमा पर्नेगरि सुनकोशी तेस्रो जलबिद्युत आयोजना बन्दै

सिन्धुपाल्चोकको ५ स्थानीयतह डुबानमा पर्नेगरि सुनकोशी तेस्रो जलबिद्युत आयोजना बन्दै


चौतारा, ५ कात्तिक ।
सिन्धुपाल्चोकको ५ वटा स्थानीय तहका १३ वडाहरु डुबानमा पर्ने गरी सुनकोशी तेस्रो जलाशययुक्त जलबिद्युत आयोजना बन्ने भएको छ । रामेछाप र काभ्रेको सीमाना लभुघाटमा ५३६ मेगावाटको सुनकोसी तेस्रो जलाशययुक्त जलविद्युत आयोजना बन्ने भएको हो । विद्युत विकास विभागले सुनकोसी तेस्रो जलविद्युत आयोजनको लागि वातावरणीय प्रभाव मुल्याकनका लागि क्षेत्र निर्माण सम्बन्धि सूचना प्रकाशित गरेसँगै आयोजना निर्माण हुने पक्का भएको छ ।
आयोजना निर्माण हुँदा सिन्धुपाल्चोकसहित काभ्रे, रामेछाप र सिन्धुलीका १३ स्थानीय तहलाई प्रभाव पार्न सक्ने भन्दै डुबान क्षेत्र भनेर सूचना प्रकाशन गरिएको छ । वातावरण संरक्षण ऐन २०५३ तथा वातावरण संरक्षण नियमावली २०५४ को नियम ४ (१) अनुसूचि २ बमोजिम आयोजना कार्यान्वयन गर्नु अघि वातावरणीय प्रभाव मुल्याकन (इआए) प्रतिवेदन तयार गरी वन तथा वातावरण मन्त्रालयबाट स्वीकृत गराउनु पर्ने भएको छ । उक्त प्रतिवेदन तयारीको क्रममा क्षेत्र निर्धारण गर्नुपर्ने भएकाले वातावरणीय प्रभाव मुल्यांकन गर्दा हेर्नुपर्ने भौतिक, जैविक तथा सामाजिक, आर्थिक र सांस्कृतिक क्षेत्रसँग सम्बन्धित सबालहरुका बारेमा प्रस्ताव कार्यान्वयन हुने क्षेत्रका सरोकारवाला व्यक्ति वा संस्थाको लिखित राय सुझाव लिनुपर्ने भएकाले सूचना प्रकाशित गरेको विद्युत विकास विभागले बताएको छ ।

———————————————————————————–

यी हुन् आयोजनाबाट डुबान हुने क्षेत्र : 

सिन्धुपाल्चोक

१. सुनकोशी गाउँपालिकाको वडाहरु १,३ र ४  (साविकको ठोकर्पा (१­-४),  कालिका (१-९), यमुनाडाँडा (१-९))

२. बलेफी गाउँपालिकाको वडा ५ (साविकको फुल्पिङडाँडा (५-७,९))

३.चौतारा साँगाचोकगढी नगरपालिकाको वडाहरु ९,१०,११,१२,१४ साविकको कदमबास (१-९), साँगाचोक (१,२,७), साँगाचोक (५,८,९), साँगाचोक (३,४,६), ठूलो सिरूवारी (७-९))

४. इन्द्रावती गाउँपालिकाको वडाहरु १०,११,१२ (साविकको भोटसिपा (५-९), भिमटार (१,९), भिमटार (२-८))

५. मेलम्ची नगरपालिकाको वडा १३ (साविकको मेलम्ची (१०,११))


सिन्धुपाल्चोक, काभ्रे, रामेछाप र सिन्धुली जिल्लाको सीमाना भएर बग्ने सुनकोसी नदीमा रामेछापको खाँडादेवी गाउँपालिका–१ राकाथुमको लुभुघाट र काभ्रेको तिमाल गाउँपालिका–९ को सीमाना लुभुघाटमा करिब ४४८ मिटर लामो र १६६ मिटर उचाईको बाँध निर्माण गरी ५७० घनमिटर प्रति सेकेन्ट पानीलाई १.१ किलोमिटर लामो र ९ मिटर व्यास भएको सुरुडबाट काभ्रको तिमाल गाउँपालिका ९ लभुघाट नजिकै निर्माण गरिने विद्युत गृहबाट ५३६ मेगावाट विद्युत उत्पादन पश्चात सो पानीलाई टेलरेस प्रविधि द्धारा पुनः सुनकोसी नदीमा खसालिनेछ । प्रस्तावित जलविद्युत आयोजना जलाशय किसिमको हुनेछ ।
विभागका अनुसार प्रस्ताव कार्यान्वयबाट प्रभाव पर्नसक्ने नगरपालिका, गाउँपालिका तथा त्यस क्षेत्रका विद्यालय, अस्पताल, स्वास्थ्यचौकी तथा सरोकारवाल व्यक्ति वा संघसंस्थाहरुले सूचना प्रकाशित भएको १५ दिनभित्र आफ्नो सुझाव पठाउनु पर्नेछ । सुनकोसी तेस्रो जलविद्युत आयोजनको परामर्शदाता कम्पनी इआरएमसीका प्रबन्ध निर्देशक उद्धवराज चौलागाईले प्रभावित क्षेत्रका बासिन्दाहरुले समयभित्र नै सुझाव दिन आग्रह गरेका छन् ।
यसअघि विद्युत विकास विभागले काभ्रे र रामेछापको सीमाना दोभनटारमा डयाम निर्माण गर्ने गरी अध्ययन गरेको थियो । तर भौगोलिक अवस्थाको कारण निर्माणमा कठिनाई हुने भन्दै परामर्शदाता कम्पनीले लुभुघाट उपयुक्त हुने भन्दै छनौट गरेको छ ।


क्याटेगोरी : अर्थ, समाचार
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!