सिन्धु विकास बैंकको थप दुई शाखा बिस्तार

चौतारा, ५ कात्तिक ।
पछिल्लो समय आक्रमक ढंगले बैंकिङ इकाइ बिस्तार गबिररहेको सिन्धु विकास बैंकले एकैदिन थप दुई शाखा बिस्तार गरेको छ । बैंकले चितवनको चनौली र मकवानपुरको हेटौँडा बजारमा शाखा विस्तार गरेको हो ।
चनौली शाखाको बैंकका अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठ र हैटौँडा शाखाको हेटौँडा उपमहानगरपालिकाकी उपप्रमुख मीनाकुमारी लामा तथा मकवानपुर उद्योग बाणिज्य संघका अध्यक्ष कृष्ण कटुवालले संयूक्त रुपमा उद्घाटन गरेका थिए । चनौलीसमेत चितवनमा मात्र बैंकको शाखा संख्या ६ पुगेको छ । यसअघि बैंकले टाँडी, विकास चोक, पर्सा, नारायणगढ बजार र भरतपुरको लाहुरे चोक शाखाबाट बैंकिङ सेवा प्रदान गर्दै आएको थियो । नारायणगढ बजार र भरतपुरको लाहुरे चोक शाखा दसैँअघि मात्र सञ्चालनमा आएका थिए ।
त्यस्तै बैंकको मकवानपुरमा चनौली दोस्रो शाखा हो । यसअघि पालुङ शाखाबाट बैंकले सेवा दिँदै आएको थियो । बैंकका अध्यक्ष श्रेष्ठले बैंकिङ सेवामा स्थानीयको पहूँच स्थापित गर्न बैँँकले शाखा बिस्तारमा जोड दिएकोे बताए । ‘बैंक शाखा बिस्तारले उद्योगी, व्यवसायी र स्थानीयलाई फाइदा पुग्नेछ,’ उनले भने । स्थानीयको माग र मायाका कारण पछिल्लो समय बैंकले शाखा बिस्तारमा जोड दिएको उनले बताए । उनका अनुसार आवश्यक स्थानमा थप शाखा बिस्तार गर्दै जाने नीति बैंकले लिएको छ
यीसमेत बैंकका शाखा संख्या २२ पुगेको छ । दुई बैंकिङ इकाई कार्यालयसहित बैंकले २४ स्थानबाट बित्तिय सेवा प्रदान गर्दै आएको छ । सिन्धुपाल्चोकको बाह्रविसेमा केन्द्रीय कार्यलय रहेको बैँकको काभे्रको बनेपामा कर्पोरेट कार्यालय रहेको छ । जिल्लाको खाडिचौर, चौतारा, मेलम्ची, जलवीरे र मुडेमा शाखा रहेको बैँकको सुकुटे र सिलढुंगामा इकाई कार्यालय छन् । काभ्रेको दोलालघाट, पाँचखाल, भकुण्डे, सिपाघाट र पनौतीमा शाखा रहेको बैंकले दोलखाको चरिकोट तथा सिंगटीबाट बित्तिय सेवा प्रवाह गर्दै आएको छ ।
क्याटेगोरी : अर्थ
ट्याग : #banner
तपाईको प्रतिक्रिया दिनुहोस