गृहपृष्ठ ∕ अर्थ ∕ नक्कली सुनलाई झुक्याएर बेच्न खोज्ने बाह्रविसेका तीन पक्राउ नक्कली सुनलाई झुक्याएर बेच्न खोज्ने बाह्रविसेका तीन पक्राउ Sindhu Khabar कात्तिक ४, २०७६ गते १४:३० मा प्रकाशित काठमाडौं, ४ कात्तिक । सक्कली भन्दै एक किलो नक्कली सुन बेच्न मोलतोल गर्दै गरेको अवस्थामा प्रहरीले बाह्रविसेका २ सहित ६ जनालाई पक्राउ गरेको छ । काठमाडौं कपनबाट सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका २ घर भएकाहरू मंगले तामाङ, सुजन रसौली र किरण लामालाई पक्राउ गरेको हो । प्रहरीले उनीहरुलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । त्यस्तै, ३३ वर्षीय विष्णु बहादुर राउत तथा ३१ वर्षीय नवराज राउत, रामेछाप दोरम्वा गाउँपालिका २ घर भएका ३१ वर्षीय रोशन वुढा मगर रहेका छन् । काठमाडौं कपन निलोपुल नजिकै उक्त परिमाणको नक्कली सुन देखाई ५० लाख रुपैयाँमा विक्री गर्न ग्राहक खोजिरहेको भन्ने सूचना प्राप्त हुनासाथ महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले खरिदकर्ताले सुन खरिद गर्न लागेको पाँच लाख रुपैयाँसहित मोलतोल गर्दै गरेको अवस्थामा फेला पारी उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीले उनीहरुको साथबाट नक्कली सुन एक केजी र मोबाइल ६ थान समेत बरामद गरेको छ । घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । क्याटेगोरी : अर्थ, समाचार ट्याग : #banner तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार रसुवा नाकाबाट व्यापार सहज बनाउन जोड पत्रकार महासंघ सिन्धुपाल्चोकमा श्रेष्ठ, बाम गठबन्धनको प्यानलै विजयी (कस्को कति… पत्रकार महासंघ सिन्धुपाल्चोकको अध्यक्षमा ४ को उम्मेद्वारी, कुल ४९ ले… भारतले हेलम्बुका तीन गुम्बा पुर्ननिर्माण गर्ने धेरै पढिएका १खुकुरी हान्ने बाह्रबिसेका ४ जना पक्राउ २क्रसरका संञ्चालकले मार्ने योजना बनाएको भन्दै वडाध्यक्षले सुरक्षाकर्मी गुहारे ३मोटरसाइकलसहित लिसंखु र तौथलीका दुई चोर पक्राउ ४सामुहिक बलात्कारमा संलग्न जुगलका कैलाश पक्राउ ५काँग्रेस क्षेत्रीय सचिव वासुमाथि सांघातिक आक्रमण ६स्वास्थ्य केन्द्रका राई तीन महिनादेखि बेपत्ता ७लिस्तीकोट दुगुनागढी माउण्टेन ट्रेल रेसमा सोलुखुम्बूका सुमन प्रथम ८यो समीकरणले देखाउँछ–सिन्धुपाल्चोकमा नेकपा प्रचण्ड–नेपाल समूह बलियो