शनिबार, असोज ६, २०८०
गृहपृष्ठअर्थसिन्धु कन्टेनर बचत तथा ऋण सहकारीको नवौ बार्षिक साधारणसभा सम्पन्न

सिन्धु कन्टेनर बचत तथा ऋण सहकारीको नवौ बार्षिक साधारणसभा सम्पन्न


काठमाडौं, २ कात्तिक ।

ट्रक ब्यवसायीहरुको संलग्नतामा सञ्चालन सुरु भएको सिन्धु कन्टेनर बचत तथा ऋण सहकारी संस्थाले नौ बर्ष पार गरेको छ । तातोपानी नाकामा सञ्चालन हुने कन्टेनरका लगानीकर्ताको पहलमा सञ्चालन भएको यो सहकारीको नवौ बार्षिक साधारणसभामा सहकारीको बिगतको समीक्षा र आगामी कार्ययोजना तयार गरिएको छ ।

नेपाल उद्योगा बाणिज्य महासंघका केन्द्रीय सदस्य कमलकुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा सञ्चालन भएको साधारणसभामा आर्थिक तथा संगठनिक प्रतिवेदन प्रस्तुत गरिएको थियो । संस्थाका सचिव प्रल्हाद थापाले सांगठनिक प्रतिवेदन पेश गरेका थिए । त्यस्तै कोषाध्यक्ष रामहरि कार्कीले आयब्यव बिवरण पेश गरेका थिए ।

प्रतिवेदनमा कुल ३१ करोड ३३ लाख रुपैयाँ बचत देखाईएको छ । साथै,अनुमाति बचत ४६ करोड उल्लेख गरिएको छ । कार्यक्रममा सहकारीका अध्यक्ष बच्चु पौडेले आर्थिक बर्ष ०७५÷०७६को शेयर सदस्य १ हजार ७ सय ८७ पुगेको जानकारी दिए । यसलाई अझ बढाउँदै लैजाने योजना रहेको पौडेलले जानकारी दिए । बचत बृद्धिका नयाँ योजना निर्माण गरेर बचत बढाउने योजना बनाईरहेको पौडेलको भनाई छ । कार्यक्रममा निवर्तमान अध्यक्ष बिष्णुबहादुर खत्रीले उपस्थित सवैलाई स्वागत गरेका थिए । प्रमुख अतिथि कमलकुमार श्रेष्ठले यो सहकारीले धेरै मजदुरलाई मालिक बनाउन सहयोग गरेका कारण पनि प्रशंशा गर्नुपर्ने बताए ।

साधारण सभामा भोटेकोशी गाउँपालिका अध्यक्ष राजकुमार पौडेलले सहकारीको उत्थानका लागी सधै सहयोग गरे वाचा गरेका थिए । त्यसैगरी सिन्धुपाल्चोक उद्योग बाणिज्य सघका अध्यक्ष बेदबहादुर श्रेष्ठले सहकारीको योजना अझै फराकिलो तुल्याउन अनुरोध गरेका छन् ।


क्याटेगोरी : अर्थ, समाचार
ट्याग : #banner

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!