शनिबार, असोज ६, २०८०
गृहपृष्ठअर्थ‘ट्राउट’ माछाबाट मालामाल

‘ट्राउट’ माछाबाट मालामाल


मेलम्ची, १७ असोज ।
हिजोजस्तो लाग्छ हेलम्बु गाउँपालिकास्थित किउलका भण्डारी दाजुभाइलाई ‘ट्राउट’ माछा पालनमा जुटेको । ०७० साल फागुनमा ‘ट्राउट रेन्बो’ प्रजातीको माछापालन थाल्दा उनीहरुले खुब असफलता भोग्नुप¥यो । ढुसीका कारण उत्पादित भुरा मर्ने, स्वच्छ पानीको व्यवस्थापन नजान्दा झण्डै एकवर्ष उनीहरुको व्यवसाय सिकाइमा बित्यो ।
विस्तारै माछा पालनमा ‘लर्निङ, डुइङ’ को पाँच वर्षको अनुभवपछि भण्डारी दाजुभाई अब्बल बनिसकेका छन् । माछापालनबाट ५० लाखसम्म आम्दानी गरिरहेका उनीहरुले माछापालनको लागि भण्डारी ‘रेन्बो ट्राउट रिर्सच सेन्टर’ नै खोलिसकेका छन् । ‘यहाँ वार्षिक दुई लाख भुरा उत्पादन हुन्छ, माछा पालनबारे सीक्न आउने गर्छन्,’ उत्तममणी भण्डारीले भने,‘बजारयोग्य माछाको लागि दुईवर्षको समय कुर्नुपर्ने हुन्छ ।’ ५ रोपनी जग्गालाई पोखरी बनाएर गरिएको  वार्षिक १० टनसम्म माछा उत्पादन हुने गरेको भण्डारीले बताए ।
‘गएको वर्ष ७० लाख बराबरको माछा बिक्री गरियो,’ उत्तममणीले भने । सुरु गर्दा भालेपोथी छनौट,अण्डा निर्चोने ,स्पोन संकलनजस्ता धेरै चरण पार गरिसकेपछि मात्रै माछालाई सुरक्षित भुरा बनाउन सकिने भण्डारीले बताए ।
‘माछा मर्नुको प्रमुख कारण ढुसी र अयोग्य पानीले गर्दा हो,’उनी भन्छन्,‘ त्यसैले प्लान फिल्टर राखेर ,माछालाई स्वथ्यकर राखिन्छ ।’ एका,एभिलेन्स,फिंगरलेन्स हुदै एउटा अण्डारुपी माछालाई प्वाखले फिट्ने गरिन्छ । दुई,हप्तामा अण्डा निचोरिसकेपछि केलाएर राखिन्छ । आइडेग र ढुसीलाई पन्छाएर तीनहप्तापिच्छै चेक गरेपछि बल्ल १२÷१८ महिनाको कुराइपछि माछाले भुराको रुप लिन्छ ।
‘प्रत्येक कात्तिक महिनामा सेडुल बनाएर काम गर्ने गछौ,’ किउलमा दुई वर्षदेखि ‘ट्राउट’ माछा पालन गरिरहेकी माया तामाङले भनिन् । परिपक्व भएका माछा र अन्यलाई गणनात्मक रुपमा अलग छुट्ट्याइने गरिएको उनले सुनाइन् । ‘यहाँ उत्पादित माछा यहीका रिर्सोट ,होटेलदेखि राजधानीसम्म पुग्ने गर्छ,’उनले भनिन् । माछाबाट वार्षिक ३० लाख आम्दानी हुने भएपछि उत्साहकासाथ जुटिरहेको मायाको भनाइ छ ।
माछालाई स्वस्थ्य राख्नको लागि नुनपानीको घोल बनाएर खुवाइने गरिएको छ । जसले बजारमा लैजान नबनेसम्म फुर्तिलो बनाइराखोस भन्ने लक्ष्य हुन्छ ।
ट्राउट माछाको माग बजारमा सधै बढीरहने भएपछि भण्डारी र मायाजस्ता उद्यमी हेलम्बु भर भेटिन थालेका छन् । अन्यभन्दा राम्रो आम्दानी हुनेभएपछि माछापालनप्रति कृषकको आर्कषण बढ्दो छ ।
जिल्लाको भोटेकोसी गाउँपालिकाको तातोपानीदेखि हेलम्बु,मेलम्ची नगरक्षेत्रमा व्यवसायिक रुपमा ‘रेन्बो ट्राउट’ माछा पालन हुने गरेको छ । जिल्लाभर १० वटा ट्राउट माछा फर्म रहेको र जसले वार्षिक १६ टनसम्म माछा उत्पादन गर्ने गरेको तथ्यांक छ ।


क्याटेगोरी : अर्थ, पर्यटन
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!