शनिबार, असोज ६, २०८०
गृहपृष्ठअर्थखुल्यो तातोपानी नाका, भित्रिए भेडाच्यांग्रा (फोटो कथा)

खुल्यो तातोपानी नाका, भित्रिए भेडाच्यांग्रा (फोटो कथा)


तातोपानी, १० असोज ।
चीनको न्यालम खासाक्षेत्र रमितेको सडक भास्सिएपछि ठप्प बनेको तातोपानी नाका साता दिनपछि खुलेसँगै दशैका लागि भेडाच्यांग्रा भित्रिएका छन् । रमितेको सडक मर्मतपछि खुलेको नाकाबाट शुक्रबार बिहानै भेडा च्यांग्रा नेपाल भित्रिएको हो ।
बाटो बिग्रिएकाले ठप्प भएको नाका सूचारु नभएपछि नेपाली व्यापारीले भेडा च्यांग्रा खासामा रोकेका थिए । भेडा च्यांग्रा खासामै रोकिएपछि हिजो (बिहीबार) नै खासामा भेडा च्यांग्राको क्वारेन्टाइन गरिएको थियो । भूकम्पपछि बन्द रहेको तातोपानी खाका खुलेपछि पहिलोपटक भेडाच्यांग्रा ल्याइएको तातोपानी सुख्खा बन्दरगाह भन्सार कार्यालयका भन्सार अधिकृत केशवराज ओलीले जानकारी दिए । उनकाअनुसार तातोपानी नाकाबाट पहिलो चरणमा झण्डै एघारसय भेडाच्यांग्रा तातोपानी क्षेत्र भित्रिएका छन् ।

गएको शनिवार न्यालामको रमिते सडक भास्सिएर नाकाबाट हुने कारोबार बन्द भएपछि न्यालमबाट फर्किएका ‘पास’ वाला ५० जना व्यापारी हालै भेडाच्यांग्रा लिएर फर्किदैछन् । ‘चीनले क्वारेन्टाइन प्रक्रिया सकेर परिक्षण  गरेपछि खान योग्य (स्वच्छ मासु)छानिएका भेडाच्यांग्रा मात्रै बिक्रीको लागि ल्याइएको हो ।’ पाङताङका व्यवसायी जगत थापाले भने । चीन पक्षले तिब्बती क्षेत्रबाट भेडाच्यांग्रा ल्याउने कुरालाई नेपाल लानुअघि क्वारेन्टाइन्, परीक्षणलाई कडाइ गरेर अगाडी बढाइएको उनले जानकारी दिए ।
केही दिनअघि दशै लक्षित स्याउ, पस्मिनाजस्ता अत्यधिक भारका सामाग्री बोकेको दुई दर्जन कन्टेनर राजधानी पुगेका थिए । अहिले स्याउ र लसुन ल्याउनका लागि ७० भन्दा बढी कन्टेर खासा भित्रिएका छन् ।

 


क्याटेगोरी : अर्थ, समाचार
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!