गृहपृष्ठ ∕ अर्थ ∕ भोलिबाट तातोपानी नाका फेरि खुल्ने, भेडाच्यांग्रा आउने भोलिबाट तातोपानी नाका फेरि खुल्ने, भेडाच्यांग्रा आउने Sindhu Khabar असोज ९, २०७६ गते २२:३२ मा प्रकाशित तातोपानी, ९ असोज । चीनको न्यालम खण्डदेखि खासा क्षेत्रसम्मको सडक भास्सिएपछि हप्तादिनको लागि बन्द भएको तातोपानी नाका खुलेलगत्तै एघार सय भेडाच्यांग्रा आउनेभएका छन् । दशैंका लागि नेपालीहरुका लागि आवश्यक भेढाच्यांग्रा आयातसँगै भोलि(शुक्रबार) बाट नाका पुनः सूचारु हुने भएको हो । भुकम्पको चारवर्षपछि ऊन ल्याउँदै मालवाहक रुपमा खुलेको तातोपानी नाकाबाट पहिलो चरणमा दशैलक्षित भेडाच्यांग्रा ल्याएर नाका खुल्ने भएको हो । ‘नाका बन्द भएपछि न्यालमबाटै फर्कनुपरेको थियो, हालै खुलेलगत्तै हजारौ भेडाच्यांग्रासहित व्यवासायी नेपाल फिर्दैछन्,’ जुगल गाउपालिका पाङताङका व्यवसायी जगत थापाले भने । जगतले ल्याएका भेडा च्यांग्रा आज खासामै छन् । भोलि नाका खुलेसँगै भेडा च्यांग्रा नेपाल भित्रनेछन् । बर्खालगत्तै अविरल वर्षातका कारण पहिरोले अवरोध भइरहेको मितेरी पुल–न्यालम ४० किलोमिटर सडकखण्डको मर्मतसंम्भार हालै सकिएको चिनिया प्रहरी अधिकारीले जनाएका छन् । ०७२ भुकम्प, ०७३ भोटेकोसी बाढी, बर्खापिच्छैको पहिरोले क्षतिग्रस्त चीनको भुभागमा धमाधम काम भइरहेको छ । खासामा भेडा च्यांग्राको क्वारेन्टाइनटाइन भइसकेको छ । तत्कालका लागि एघारसय भेडाच्याग्रा भित्रिन लागेको छ । भोलि नाका खुल्ने भएपछि ७० वटा कन्टेनर चीन प्रवेशका लागि लाइनवद्ध छन् । ती कन्टेनरले स्याउ र लसुन ल्याउने तातोपानी सुख्खा बन्दरगाह कार्यलयका एक कर्मचारीले बताए । गएको महिना दशै लक्षित स्याउ, पस्मिनाजस्ता अत्यधिक भारका सामाग्री बोकेको दुई दर्जन कन्टेनर तातोपानी नाका हुँदै राजधानी पुगेका थिए । चीनले तातोपानी नाकालाई लागि बन्द गरेको भोटेकोशी गाउँपालिका अध्यक्ष राजकुमार पौडेलले बताए । ‘तातोपानी नाकाको सम्पुर्ण गतिविधिलाई चीनले एकदमै संवेदनशिल रुपमा लिएका छन्,यसबारे सम्पर्क सुचना हुने गर्छ,’उनले भने । भूकम्पपछि खुलेको तोतोपानी नाा बाट उन, कपडा, इलेक्ट्रिक, जुत्ता चप्पल, खेलौनाजस्ता ‘डिर्पामेन्ट स्टोर’का सामाग्री अत्यधिक छन् । उताबाट चिनिया र यताबाट नेपाली कन्टेनर मात्रै आउजाउ भइरहेकाले तातोपानी नाकालाई सहजता बनाउन पहलकदमी लिएको जनप्रतिनिधिले बताउँछन् । नेपालबाट झण्डै एकसय ८२ प्रकारको सामाग्री चीनमा निर्यात हुने अनौपचारिक सहमतीलाई मानेर व्यापार अगाडी बढाइएको छ । नाका खुलाउदा नेपालबाट झण्डै एकसय ८२ प्रकारको सामाग्री जसमा मुडा, खाद्यन्न, गलैचा, ह्याण्डिक्राफलगायतका सामाग्री चीनको ल्हासा पुग्ने सहमती गरिएको थियो । क्याटेगोरी : अर्थ, समाचार, समाज ट्याग : #banner तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार पत्रकार ध्रुव दंगाल सम्मानित रसुवा नाकाबाट व्यापार सहज बनाउन जोड पत्रकार महासंघ सिन्धुपाल्चोकमा श्रेष्ठ, बाम गठबन्धनको प्यानलै विजयी (कस्को कति… पत्रकार महासंघ सिन्धुपाल्चोकको अध्यक्षमा ४ को उम्मेद्वारी, कुल ४९ ले… धेरै पढिएका १खुकुरी हान्ने बाह्रबिसेका ४ जना पक्राउ २क्रसरका संञ्चालकले मार्ने योजना बनाएको भन्दै वडाध्यक्षले सुरक्षाकर्मी गुहारे ३मोटरसाइकलसहित लिसंखु र तौथलीका दुई चोर पक्राउ ४सामुहिक बलात्कारमा संलग्न जुगलका कैलाश पक्राउ ५काँग्रेस क्षेत्रीय सचिव वासुमाथि सांघातिक आक्रमण ६स्वास्थ्य केन्द्रका राई तीन महिनादेखि बेपत्ता ७लिस्तीकोट दुगुनागढी माउण्टेन ट्रेल रेसमा सोलुखुम्बूका सुमन प्रथम ८यो समीकरणले देखाउँछ–सिन्धुपाल्चोकमा नेकपा प्रचण्ड–नेपाल समूह बलियो