स्थानीय महिलालाई चिया बगानमा रोजगारी

भोटेचौर, ७ असोज–मेलम्ची नगरपालिका वडा २ ज्योतिषगाउ“की ५० वर्षकी भक्ती खतिवडा दैनिक ६ घण्टा चिया बगानमै बिताउ“छिन्् । घरखेत मेलापातभन्दा धाउनुभन्दा चिया बगानमा खट्न रुचाउने उनको दैनिकी रोजगारीमा बदलिएको छ । ‘कामस“गै चिया खेतीबारे सिक्दै गएको छु, मलाई यही काममा रमाइलो लाग्ने गर्छ, ’चियाको बोट देखाउ“दै खतिवडाले भनिन् । भोटेचौरस्थित ‘दि एभरेस्ट टि गार्डेन् ’मा ६ घण्टा काम गरेर मासिक नौ हजार पारिश्रमिक पाउने उनले सुनाइन् ।
‘चिया बगानमा खट्दाको आनन्द बेग्लै लाग्छ, यसले नय“ा सीप र जागर दिएको छ,’उनले भनिन् । भोटेचौर तल्लोगाउ“की ४५ वर्षकी सानुमाया तामाङले चिया बगानमा काम गर्न थालेको दुई वर्ष पुगिसकेको छ । ‘चिया बगानमा काम गर्दा छुट्टै आनन्द लाग्छ ,सिकाइ र कमाइ दुवै पाइरहेको छु ।’ उनले भनिन् ।
ज्योतिष, जैसी गाउ“देखि भोटेचौरभरका महिलाले काम गरेर समयको सदुपयोग गर्ने मात्र नभई चिया खेतीबारे सिक्ने स्थान बनेको अगुवा भवानी खतिवडाले बताइन् ।
‘२० वर्ष भयो चिया बगानमा काम गर्न आउनेको महिलाको संख्या बढ्दो छ ,उनीहरुले काम गरेर चिया खेतीबारे अनुभव बटुल्दैछन्, ’ चिया बगानमा कार्यरत महिला समुह देखाउ“दै उनले भनिन् । अन्य महिलासमेत् चिया खेतीबारे सिक्न यहा आउने गरेको उनको कथन छ ।
‘नय“ा आएकाले पनि चिया बगानमा मेहनत गर्दैछन्, आहिले चिया बोटको माथिल्लो भाग काट्दैछन्,’उनले भनिन् । सबैको कार्यथलो बनिसकेको चिया बगान उत्पादनशिल र अर्गानिक बनाउन हेरचाहमा महिला विशेष रुपमा जुटेका छन् ।
‘दि एभरेस्ट टि गार्डेन्’ का फिल्ड इन्चार्ज राजकुमार खतिवडाकानुसार बगानमा ६५ महिलाले रोजगारी पाइरहेका छन् । ‘अधिकाशंले चिया खेती बारे पनि सिकिसकेका छन्,यह“ाको भव्य चिया बगानले नय“ा सिप दिएको छ, ’उनले भनिन् ।
राजधानीदेखि नजिकैका जिल्लाबाटसमेच् चिया खेतीबारे सिक्नको लागि ‘एभरेस्ट टि गार्डेन’ मा आउने गरेका छन् । राजधानीबाट नजिकै रहेको पर्यटकीय आर्कषणको केन्द्रबिन्दु चिया बगानमा पर्यटक आउजाउको लागि निषेध गरिएको छ ।
‘दि एभरेस्ट टि गार्डेन्’ को चिया बगान ‘अर्गानिक सटिफिकेशन’को तैयारीमा रहेको मेलम्ची नगरपालिकाका मेयर डम्बर अर्याले बताए । ‘भोटेचौरजस्तै हैबुङ हुदै धौलेगिरी, धुसेनीचौरसम्म ‘एभरेस्ट टि गार्डेन’जस्तै चिया बगान बनाउने योजना बनाएका छौ ।’ उनले भने । ५ करोड छुट्याएर यस्तो कार्यक्रमको लागि एभरेस्ट टि गार्डेनसग प्राविधिक सहयोग मागेर तैयारीमा जुटेको उनले सुनाए । भोटेचौरस्थित चिया बगानको ‘अर्गानिक सटिफिकेशन’ भइसकेपछि वातावरणमैत्री तरिकाले पर्यटकीय प्रवद्र्धनमा जुट्ने उनको भनाइ छ ।
यसरी सुरु भयो एभरेस्ट टि गार्डेन
२०५२ सालमा पहिलो पटक व्यवसायी सोमप्रसाद गौचनले यह“ाको १६ सय रोपनी जग्गामा ८ सय चिया खेती विस्तार गरेका थिए । दुई वर्षलगत्तै बाजुराबासी मोहन गिरीले लिएपछि पर्यटकीय आर्कषण बोकेको भोटेचौरस्थित चिया बगान व्यवस्थित बनाइदैछ ।
‘दि एभरेस्ट टि गार्डेन्’ का मोहन गिरीकानुसार ८ करोड बराबरको लागत परेको चिया बगान ‘अर्गानिक सटिफिकेटशन’ को प्रक्रियामा रहेको छ । ‘४५ वर्षको लागि स्थानीयको ३० आना जग्गा दिइएको छ , जसमा २२ वर्ष बितिसकेको छ ,’उनले भने ।
चार वर्ष पुगेपछि फसल निकाल्नुपर्ने चिया चैत्रबाट कात्तिकसम्म उत्पादन भइरहने गर्दछ । मंसिर,पुस माघ ‘अफ सिजन’ रहने चियोको राम्रो आम्दानी लिन ५ वर्ष लाग्ने गरेको पाइन्छ ।
क्याटेगोरी : अर्थ, पर्यटन
तपाईको प्रतिक्रिया दिनुहोस