शनिबार, मंसीर १८, २०७८
गृहपृष्ठअर्थहवाई इन्धनको भाउ १० रुपैयाँ घट्यो

हवाई इन्धनको भाउ १० रुपैयाँ घट्यो


काठमाडौँ — आयल निगमले हवाई इन्धन (अन्तराष्ट्रियतर्फ)को मूल्य प्रतिलिटर १० रुपैयाँ घटाउने निर्णय गरेको छ । उच्च मुनाफा राखेको आरोप लागेपछि निगमले हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ मूल्य घटाउने निर्णय गरेको हो । निगमले घटेको मूल्य मंगलबार राति १२ बजेदेखि नै लागू हुने मंगलबार विज्ञप्तिमार्फत् जनाएका छन् ।

निगमका अनुसार हवाई इन्धन प्रतिलिटर १.१२५ अमेरिकी डलर छ। उक्त मूल्यमा १० रुपैयाँ घटाउने निर्णय गरेको हो। हाल हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ प्रतिलिटर ५१.८३ रुपैयाँ नाफा राखेको छ। जसअनुसार १५ दिनमै २५ करोड ९२ लाख रुपैयाँ नाफा हुने प्रक्षेपण गरिएको छ।

कालोबजार ऐनअनुसार २० प्रतिशतभन्दा बढी मुनाफा राख्न पाइँदैन। निगम स्रोतका अनुसार आपूर्ति विभागले बढी मुनाफा लिएको पत्राचार गरेपछि सोमबार निगम बोर्ड बैठकले मूल्य घटाउने निर्णय गरेको हो। निगमले हवाई इन्धनको मूल्य घटाउने निर्णय गरे पनि पेट्रोल, डिजेल, मट्टितेल, हवाई इन्धन आन्तरिकको भने यथावत राखेको छ।

भारतीय आयल निगम (आइओसी)ले पठाएको नयाँ मूल्यसूची अनुसार अप्रिल १५ देखि ३० सम्म ३० करोड ३३ लाख नाफा हुने प्रक्षेपण गरेको छ।

क्याटेगोरी : अर्थ


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!