शुक्रबार, वैशाख ७, २०८१
गृहपृष्ठअर्थनेपाल हिमालय सीमापार वाणिज्य संघ  निर्वाचन : रामहरि कार्की विजयी

नेपाल हिमालय सीमापार वाणिज्य संघ  निर्वाचन : रामहरि कार्की विजयी


काठमाडौं– नेपाल हिमालय सीमापार वाणिज्य संघको अध्यक्षमा रामहरि कार्की विजयी भएका छन् । कार्की प्रतिस्पर्धी लोपसाङ शेर्पालाई १३ मतले हराउँदै अध्यक्ष पदमा विजयी भएका हुन् । आइतबार भएको निर्वाचनमा कार्कीले ४३४ मत पाउँदा शेर्पाले ४२१ मत प्राप्त गरेका थिए ।

संघको वरिष्ठ उपाध्यक्षमा गंगाबहादुर घिमिरे (सागर) विजयी भएका छन् । घिमिरेले प्रतिस्पर्धी अजुर्न कार्कीलाई ४० मतले पराजित गरेका हुन् । घिमिरेले ४४२ मत पाउँदा कार्कीले ४०२ मत पाएका थिए ।
त्यस्तै सचिव पदमा विकासप्रसाद रिसाल, आङ्दोर्जे शेर्पा, तुलसी राउत (श्याम), तथा सुब्बा श्रेष्ठ विजयी भएका छन् । उनीहरुले क्रमशः ७०६, ५९०, ५८७ र ६७२ मत पाएका छन् । संघको बाँकी पदाधिकारीहरु सर्वसम्मत चयन भइसकेका छन् । जसमा प्रथम उपाध्यक्षमा सुरेश श्रेष्ठ, चार पदसंख्या रहेको उपाध्यक्ष पदमा सुजित बस्नेत, निरञ्जनकृष्ण श्रेष्ठ, ओमनाथ घिमिरे र भरत कार्की निर्विरोध छन् । महासचिवमा रामचन्द्र पराजुली, कोषाध्यक्षमा लालबहादुर बस्नेत र सह–कोषाध्यक्षमा सुमन श्रेष्ठ निर्विरोध भएका छन् ।

१९ सदस्य निर्विरोध भएको छ । जसमा पुष्कर गिरी, शारदाप्रसाद पराजुली, राजकुमार भण्डारी, छविलाल आचार्य, प्रेमकुमार शेर्पा, प्रेमबहादुर श्रेष्ठ, मुके शेर्पा, कृष्णबहादुर श्रेष्ठ, क्षितिज गौतम, राजकपुर खत्री, लाक्पा शेर्पा, नारायण पराजुली, जितेन्द्रप्रसाद दाहाल, महेश्वर बस्नेत, रामचन्द्र थापा, वाल्मीकीनाथ पराजुली, विनोद थापा, विष्णु श्रेष्ठ र विष्णुप्रसाद न्यौपाने रहेका छन् ।


क्याटेगोरी : अर्थ


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!